arrow

कपिलवस्तु महोत्सवमा दर्शकको बढ्दो चाप, पशुपती शर्माको प्रस्तुती

logo
प्रकाशित २०७५ चैत २५ सोमबार
kapilbastu-mohatsab1.jpg

कपिलवस्तु । कपिलवस्तु जिल्लाको समग्र विकासको आधार, धार्मिक स्थलको प्रवद्र्धन, पर्यटन कृषि उद्योग र व्यापार भन्ने मुल नारा सहित चैत्र १८ देखि सञ्चालनमा रहेको महोत्सवको रौनक बढिरहेको छ  । विगतका वर्षहरुमा भन्दा यस वर्ष धेरै स्टलहरु रहेको र यस पटक दर्शकहरुको चाप पनि बढि रहेको आयोजकले दावी गरेको छ ।

सम्भवतः नेपालमै एक मात्र त्यस्तो महोत्सव प्राचिन कपिलवस्तु महोत्सव सञ्चालनको विगत आज  ८ औ दिन बहुचर्चित लोक गायक पशुपती शर्माको विशेष प्रस्तुती रहने छ । साझं ७ बजे बाट सूरु हुने उत्त प्रस्तुतीको लागी कपिलवस्तु जिल्ला लगायत छिमेकी जिल्ला रुपन्देही र अर्घाखाची वाट समेत शर्माको प्रस्तुती हेर्नको लागी दर्शकहरुले सम्र्पक गरेर आएको सास्कृतिक संयोजक  अजुर्न चापागाइले बताए ।

  मेलामा कुस्तीको खेल हुंदा स्थानीय दर्शकहरुको उत्साह बढेर आएको थियो । रातिको समयमा मेला संचालनमा आएको हुंदा दिनभर घर तथा कार्यालयको काम सकेर फुर्सदको समयमा मेला हेर्न पाएको हुंदा र्तालिहवा लगायत जिल्लाका अधिकाम्स स्थानका दर्शकहरुको आर्कषण बढेको महोत्सवका संयोजक गयादिन कुर्मीले बताए ।

प्राचीन कपिलवस्तुको पहिचान र प्रर्वद्धनका लागि यस महोत्सवमा हालसम्म पचास लाखकोकारोबार र असी  हजार जना दर्शककले अवलोकन गरेको कोषाध्यक्ष संन्दिप श्रीवास्तले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ