arrow

मौसम बिग्रिएका बेलामा भूकम्पले सातो लियो सुदूरपश्चिमवासीको    

logo
प्रकाशित २०७५ चैत २६ मंगलबार
earthquake-FNL-new.jpg.png

बैतडी । सुदूरपश्चिममा मंगलबार बिहान भूकम्पको धक्का महसुुस गरिएको छ । बिहान ८ बजेर ३७ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको थियो ।     
     
भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रविन्दु भएर ३ दशमलव ६ रिक्टर स्केलको परकम्प गएको हो ।     
     
यसअघि चैत ४ गते पनि भारत र चीनको सीमाआसपास दार्चुलाको लिपुलेक केन्द्रविन्दु भएर लगातार तीन पटक परकम्प गएको थियो । गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पपश्चात् सुदूरपश्चिममा पनि बेलाबेलामा भूकम्पको परकम्प जाने गरेको छ ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ