arrow

फिदिममा मेयर र हाकिमको विवाद, मेयरद्वारा अधिकृतलाई मन्त्रालय फिर्ताको पत्राचार

logo
प्रकाशित २०७५ चैत २६ मंगलबार
phidim.jpg

पाँचथर । जनप्रतिनिधी र कर्मचारी(हाकिम) विचको सम्वन्ध नङ र मासुको जस्तो सम्वन्ध हुनुपर्दछ, ता कि नेपालीमा ३६ हैन्, ६३ हुनुपर्दछ भनिन्छ,तर सम्वन्ध नङ र मासुको जस्तो हुनुपर्दछ भन्दैमा हाकिम र जनप्रतिनिधी मिलेर जे गर्दा पनि हुन्छ भन्ने होइन् तर कानुनले गर्न मिलेसम्म अप्ठेरो नपर्ने किसिमले सवैको राय सल्लाह परामर्श बमोजिम काम गर्दा स्थानिय तह अघि वढ्न सजिलो हुने जानकारहरु बताउँछन् , तर अहिले अधिकांश ठाउँमा जनप्रतिनिधी र कर्मचारीको विवादका कारण विकाश निर्माणको कामनै प्रभावित हुन पुगेको छ । अहिले फिदिम नगरपालिकाको अवस्था यस्तै छ ।

जव ०७५ भदौ २० गते घनश्याम उपाध्याय फिदिम नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत भएर सरुवा आए, सुरुवातकालिन अवस्था देखिनै उपाध्याय र मेयर ओनाहाङ नेम्बाङ वीचको सम्वन्ध त्यति राम्रो नभएको कर्मचारीहरु बताउँछन् । यति सम्मकी विभिन्न विषयमा पटक पटक विवाद, मेयरबाट स्पष्टीकरण अन्तत मेयर नेम्वाङले सोमबार प्रमुख प्रशासकीय अधिकृत घनश्याम उपाध्यायलाई फिर्ता पठाउन पत्राचार गरे ।  

नेम्वाङले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्रमार्फत् काज फिर्ता गरिदिन अनुरोध गरेर पत्राचार गरेका थिए । पत्र प्राप्त हुनासाथ उपाध्यायलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हाजिर भइजान भनिएको छ । आफूद्वारा हस्ताक्षरित निर्णयको बोधार्थ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगर, जिल्ला समन्वय समिति पाँचथर, जिल्ला प्रशासन कार्यालय, नगरपालिकाका उप(प्रमुख र सबै वडाध्यक्षहरुलाई दिएका छन् ।

उपाध्यायले काम सन्तोषजनक नभएको मनोमानी काज वा बिदामा बसेको, नगरपालिकाको विकास निर्माण र समृद्धिमा असर परेको जस्ता आरोप नेम्वाङले लगाए । मन्त्रालयलाई अर्को प्रमुख प्रशासकिय अधिकृत पठाउ पनि अनुरोध गरेका छन्। उपाध्यायले भने आफू चाँडै फिदिम नगरपालिका छोड्ने मनस्थितिमै रहेको बताए । उनले सम्भवत वैशाख पहिलो हप्ता सम्ममा नगरपालिका छोड्न सकिने प्रतिक्रिया दिए ।

जनताबाट निर्वा्चित जनप्रतिनिधि र कर्मचारीबीच यहाँमात्रै नभएर अधिकांश स्थानमा विवाद छ । कर्मचारीहरू जनप्रतिनिधिले नहुने काम पनि जबरजस्ती गर्न दबाब दिने गरेको बताउँछन् भने जनप्रतिनिधि भने कर्मचारीले जनप्रतिनिधी विहिन अवस्थामा २० वर्ष देखि स्थानिय तहमा काम गरेको धङधङ अझै पनि रहिरहेको र आफूहरुलाई बाघ जस्तो ठानेर काम गरिरहेको बताउँछन् ।

मन्त्रालय फिर्ता पठाउनु अघि पनि विवाद
मेयर नेम्बाङले प्रमुख प्रशासकिय अधिकृत उपाध्यायलाई मन्त्रालय काज फिताको पत्र पठाउनु अघि आफूलाई जानकारी नै नदिई अनुपस्थित रहेको भन्दै प्रमुख प्रशासकीय अधिकृत धनश्याम उपाध्यायको हाजिरीमा गयल गरिदिएका छन् ।

यसअघि सोधिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै पत्र लेखेरै गयल कट्टा गरेको उनको भनाइ छ । उपाध्यायलाई दिइएको पत्रमा ‘फिदिम नगरपालिकाको कार्यविभाजन नियमावली, २०७४ को अनुसूची ४ को नियम १ खण्ड (झ) तथा स्थानीय सरकार ऐन २०७४ को नियम १६ को उपनियम ४ को खण्ड (क) को उपखण्ड ७ बमोजिम नगरप्रमुखको स्वीकृति नलिई काजमा जानुभएको’ भन्ने उल्लेख छ । संघीय मामिला सामान्य प्रशासन मन्त्रालय, लोकसेवा आयोग, निजामती किताबखानासहित सात निकायलाई बोधार्थ दिँदै गयल कट्टा गरिएको हो । यसअघि चैत ७ गते पनि बिनाजानकारी कार्यालयमा उपस्थित नभएको भन्दै मेयर नेम्बाङले स्पष्टीकरण सोधेका थिए ।  

विवादको विषय के थियो त ?
गौरवको आयोजनाको रूपमा पौवा भन्ज्याङ–लुङ्रूपामा सडकका लागि आएको सो बजेट सोही सडकमा उपभोक्ता समितिमार्फत गर्न मिल्नेगरी नगर कार्यपालिकाले तीन भागमा बजेट टुक्र्याउने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयन गर्न नसक्ने भनेर प्रशाकीय अधिकृत उपाध्ययले अडान लिएपछि द्वन्द्व बढेको देखिन्छ । दुई ठाउँ ५०–५० लाख रुपैयाँ र एक ठाउँ ३५ लाख हुने टुक्र्याएर योजना छुट्ट्याइएको थियो । ‘आर्थिक वर्ष सकिन लागेकाले अब ठेक्कामा जाँदा काम हुन नसक्ने भएर यसरी काम गर्न खोजिएको थियो । प्रशासकीय अधिकृतले यसको पनि चिठी लुकाएको नेम्बाङले बताए ।

यता प्रशासकीय अधिकृत उपाध्ययले एक करोडभन्दा माथिको बजेट ठेक्का प्रक्रियामा लगाउनुपर्ने भएकाले निर्णय कार्यान्वयन गर्न नसकेको बताएका छन् । ‘कानुन मिचेर काम गर्न नसक्ने भनिरहेको छु । उपाध्ययले भने, ‘मैले बाटो खुला गरिदिन्छु भन्याछु,म हिडेँपछि के के गर्नुहुन्छ त्यसपछि गर्नुहोस् भनेको छु ।

अबको के होला त ?
अव प्रमुख प्रशासकिय अधिकृत ढिलो चाँडो नगरपालिका छोड्ने संभावना देखिन्छ । तर उपाध्यायले छोडेपछि अर्को प्रमुख प्रकासकिय अधिकृत को आउने,कहिले आउने,अव आउने कर्मचारीले कस्तो काम गर्ने योजनाको काम कसरी द्रुत गतिमा अघि वढ्ला भन्ने चिन्ता पनि नगरवासीमा परेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ