arrow

कञ्चनपुरमा विप्लव नेता पक्राउ

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७५ चैत २६ मंगलबार
biplab-maobadi.jpeg

कञ्चनपुर । नेकपा विप्लव कञ्चनपुरका एक नेता पक्राउ परेका छन् । प्रहरीले नेकपा विप्लव निकट भीमदत्त नगरका इन्चार्ज रधुबिर जोशीलाई सोमबार साँझ पक्राउ गरेको हो ।

विप्लव भीमदत्त नगरका इन्चार्ज जोशीलाई भीमदत्त नगरपालिका ९ घर नजिकैबाटै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ल्याईएको छ ।  कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञान बहादुर विष्टले अनुसन्धानका लागि विप्लवका कार्यकर्ता जोशीलाई नियन्त्रणमा लिएको बताए । प्रवक्ता विष्टका अनुसार उनीमाथी अनुसन्धान भईरहेको छ ।  २८ फागुनमा सरकारले नेकपा विप्लवमाथी प्रतिबन्ध लगाएसंगै विप्लवका नेता कार्यकर्ता पक्राउ पर्न थालिएका छन् ।

 नेकपा विप्लव कञ्चनपुरका सचिव राजेन्द्र विष्ट(परिर्वतन)ले बिना कारण जोशीलाई पक्राउ गरेको बताए । नेकपा कञ्चनपुरले जोशीलाई रिहा गर्न माग गरेको छ । नेकपा कञ्चनपुरले जोशीलाई छिमेकी गाउँलेको काममा रहेका बेला पक्राउ गरिएको उनकका आफन्तले बताएका छन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ