arrow

महोत्सवमा डान्स आइडल प्रतिस्पर्धा कडा हुदैं, आज ज्योती मगरको प्रस्तुती

logo
प्रकाशित २०७५ चैत २८ बिहिबार
dance-idol.jpg

कपिलवस्तु ।  कपिलवस्तु जिल्लाको समग्र विकासको आधार, धार्मिक स्थलको प्रवद्र्धन, पर्यटन कृषि उद्योग र व्यापार भन्ने मुल नारा सहित चैत्र १८ देखि सञ्चालनमा रहेको  छौठौ प्राचिन कपिलवस्तु महोत्सवको रौनक बढिरहेको छ  । विगतका वर्षहरुमा भन्दा यस वर्ष धेरै स्टलहरु रहेको र यस पटक दर्शकहरुको चाप पनि बढि रहेको आयोजकले दावी गरेको छ ।

 प्रथम प्राचिन कपिलवस्तु डान्स आइडलमा ४२ जना सहभागि मध्ये हालसम्म टप ५ सम्म छनौट भएका छन् ।  जसमा पिन्स्रा श्रीवास्तव, हिमानी सिग्देल, आकांक्षा शर्मा, खुसी खनाल र जानवी चौरासिया छनौटमा परेका छन् । दिनहुं यो प्रतियोगितालो महोत्सवमा दर्शकको भिड समेत  लाग्ने गरेको छ  ।  प्रतियोगितामा प्रथम हुने लाई ३५ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

सम्भवतः नेपालमै एक मात्र त्यस्तो महोत्सव प्राचिन कपिलवस्तु महोत्सव सञ्चालनको विगत आज  ११  औ दिन बहुचर्चित लोक गायक ज्योती मगरको  विशेष प्रस्तुती रहने छ । साझं ७ बजे बाट सूरु हुने उत्त प्रस्तुतीको लागी कपिलवस्तु जिल्ला लगायत छिमेकी जिल्ला रुपन्देही र अर्घाखाची वाट समेत शर्माको प्रस्तुती हेर्नको लागी दर्शकहरुले सम्र्पक गरेर आएको सास्कृतिक संयोजक  अजुर्न चापागाइले बताए ।

प्राचीन कपिलवस्तुको पहिचान र प्रर्वद्धनका लागि यस महोत्सवमा हाल सम्म ६०  लाख बरारको कारोबार र  ८५  हजार  बढि  जना दर्शककले अवलोकन गरेको कोषाध्यक्ष संन्दिप श्रीवास्तले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ