arrow

वडा अध्यक्षले नै प्रधानमन्त्री ओलीले भन्दा चर्का कुरा गर्न थालेपछि

सार्वजनिक जग्गा हडपेर पक्की भवन

logo
प्रकाशित २०७६ वैशाख २ सोमबार
jagga.jpg

काठमाडौं । संघीय संरचनामा मुलुक गएपछि स्थानीय तहका प्रमुखको त कुरै छाडौं वडा अध्यक्षले समेत प्रधानमन्त्री केपी शर्मा ओली भन्दा ठूला र चर्का कुरा गर्न थालेका छन् । 

पदको दुरुपयोग गर्दै राज्यको ढुकुटी दोहन गर्ने, सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम पछिल्लो समय बढ्दै गएको देखिन्छ । प्रसंग हो काठमाडौं महानगरपालिका वडा नं ४ का वडा अध्यक्षको । 

तत्कालीन एमाले (हाल नेकपा) का तर्फबाट निर्वाचन जितेका मोहनबहादुर विष्टले पनि बर्षोंदेखि सार्वजनिक जग्गा मिचेर पक्की भवन नै बनाएर भाडा खाईरहेका छन् भने वाँकी जग्गालाई पार्किङ्गका रुपमा प्रयोग गरिरहेका छन् । 

रिङ्गरोड छेवैमा रहेको पुरानो बाटो करीव ४ आना जग्गा आफ्नो कम्पाण्ड भित्र राखेर उनले जग्गा हडपेका छन् । प्रचलित मूल्य अनुसार सो जग्गाको मूल्य अहिले करीव २ करोड भन्दा बढी पर्ने देखिन्छ । 

काठमाडौं महानगरपालिका वडा नं ४ धुम्वाराही चोकबाट मण्डिखाटार जाने बाटोको पश्चिम तर्फ विष्टको घर रहेको छ भने त्यसको पछाडि करीव १ सय ५० मिटर लामो बाटो रहेको थियो । सोही बाटोलाई विष्टले पदको दुरुपयोग गर्दै कब्जा जमाएका छन् । 

‘अरुको जीउमा जुम्रा देख्ने आफ्नो जीउमा भैसी नदेख्ने’ विष्टले आफूलाई निर्वाचित भएपछि प्रधानमन्त्री भन्दा ठूलो ठान्न थालेका छन् । वर्तमान रक्षामन्त्री ईश्वर पोखरेलको आर्शिवादले वडाअध्यक्षको टिकट पाएका उनी राज्यको नीति नियमलाई खिल्ली उडाउँदै सार्वजनिक जग्गा हडपीरहेका छन् । 

मालपोत कार्यालय तथा नापी कार्यालयको विवरण अनुसार कित्ता नंं १६६, १६७, र १६८ मोहन विष्टको देखिएको भएपनि १४७ र १४८ कित्ता सार्वजनिक बाटो देखिन्छ । 

त्यही बाटो नै हडपेर विष्टले आफ्नो कव्जामा लिएका छन् । विगतदेखि नै बाटोको दक्षिण तर्फमो मोहडामा पक्की घर निर्माण गरिसकेका उनले वडा अध्यक्ष भएको मौकामा सार्वजनिक बाटो आफ्नो बनाउने तयारी गरेपछि स्थानीयले त्यसको विरोध गरे पनि उनी शक्तिको दुरुपयोग गरिरहेका छन् ।
 
विष्टले हडपेको सार्वजनिक बाटोलाई बाटोकै रुपमा कायम गर्नु पर्ने स्थानीयहरुका माग रहेको छ । सो विषयमा प्रश्न गर्दा विष्ट भन्छन्, ‘जसको शक्ति छ उसैले लिन्छ, सक्नु हुन्छ भने आउनु तपाई पनि मिच्नुस् ।’ विष्टको चुनौतीपूर्ण शैलीले यिनले वडाको विकास होइन विनास गरिरहेका छन् भन्ने कुरामा दुईमत नै छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ