arrow

दुर्घटनामा १५५ जनाको मृत्यु, २३५ गम्भीर घाइते     

logo
प्रकाशित २०७६ वैशाख २ सोमबार
accident-final.jpeg

चितवन । जिल्लाका विभिन्न स्थानमा विसं २०७५ सालमा भएका सवारी दुर्घटनाका कारण १५५ ले ज्यान गुमाएका छन् । दुर्घटनामा परी २३५ गम्भीर घाइते भएका छन् ।     
     
 जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार गत वर्ष ३०६ वटा दुर्घटना भएका थिए । अघिल्लो वर्ष २०७४ को तुलनामा दुर्घटना सङ्ख्या, मृतक र घाइते बढेको छ । कार्यालयका अनुसार अघिल्लो वर्ष २८९ दुर्घटनामा १३० को मृत्यु भएको थियो भने २२३ गम्भीर घाइते भएका थिए ।     
     
 कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीले अत्याधिक सवारी चाप बढेका कारण दुर्घटना बढेको बताए । चोक चोकमा प्रहरी जनशक्ति परिचालन गर्न नसक्नु र प्रविधिको अभावका कारण दुर्घटना न्यूनीकरण गर्न नसकिएको प्रहरीको भनाइ छ । 

प्रहरीले सवारी चालक अनुशिक्षण, नियम पालना नगर्नेलाई जरिवाना, विद्यार्थीलाई ट्राफिक जनचेतना शिक्षा, ट्याम्पो चालकको स्वास्थ्य परीक्षण, सवारीसाधनको यान्त्रिक परीक्षण, सडकमा गरिने पार्किङ व्यवस्थित गर्ने काम गरिरहेको उनले बताए ।
     
 देशकै मध्यभागमा पर्ने यस जिल्लामा पूर्वपश्चिम राजमार्गसँगै पृथ्वी राजमार्ग र नारायणगढ मुग्लिन सडकखण्डमा सवारीको निकै चाप हुने गर्दछ ।

ग्रामीण क्षेत्रमा पक्की सडक बनेसँगै युवा तन्नेरीले मोटरसाइकल र गाडी तीव्र गतिमा चलाउँदा दुर्घटना बढ्दै गएको छ ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ