arrow

युवकको मृत्युपछि चारजना नियन्त्रणमा

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
489598112.jpeg
इलाम । फुटबल हेरेर फर्कने क्रममा इलाम नगरपालिकाका एक युवकको बुधबार राति अचानक मृत्यु भएको छ । इलामको माईपोखरीस्थित जसबिरेमा सञ्चालित फुटबल प्रतियोगिता हेरेर फर्कने क्रममा इलाम नपा–२ का अन्दाजी ३५ वर्षीय राजकुमार मुखियाको मृत्यु भएको हो । 

प्रतियोगिता हेरेर राति घर आइपुगेका मुखिया अचानक बिरामी परेपछि इलाम अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना गरिएको केहीबेरमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । 

विगतदेखि नै मादकपदार्थ सेवन गर्ने गरेका मुखियाले बुधबार पनि मापसे गरेको उनीसँगै गएका साथीभाइको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ । मुखियाको मृत्युपछि उनीसँगै गएका चारजनालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । 

घटनाको विस्तृत अध्ययन भइरहेको र शव परीक्षण नहुन्जेल किटान गरेर केही भन्न नसकिने प्रहरी निरीक्षक अनिलराज गिरीले बताए । मुखियाको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ