नेपालको पहिलो स्याटेलाईटले के–के गर्न सक्छ ? यसरी बनाइएको छ स्याटेलाईट (तस्वीर)

सुदर्शन अर्याल, प्रकाशित मिति : २०७६ बैशाख ३ मंगलबार
तस्वीर : वर्डस् परियोजना

काठमाडौं । कुनै भवितब्य भएन भने अबको दुईदिन भित्र नेपालले पनि आफ्नै नामबाट एउटा स्याटेलाईट अन्तरिक्षमा पठाउँदैछ । अहिलेसम्म पूर्ण रुपमा अरुको स्याटेलाईटमा भर पर्नुपरेको नेपाललाई यो स्याटेलाईटले आत्मनिर्भर बनाउन नसक्ने भएपनि नेपालको झण्डा अंकित भू उपग्रह अन्तरिक्षमा पठाईनु नेपालीहरुको लागि खुशीकै कुरा हो । 

नेपाल स्याट वान नाम दिईएको सो स्याटेलाईट आइएसएसका लागि कार्गो लिएर जाने एन्टारेस रकेटमा पठाउन लागिएको हो । आफ्नै उपग्रह नभएका देशहरुको लागि जापान सरकारले सुरु गरेको बडर्स परियोजना अन्तर्गत् नेपाल, जापान र श्रीलंकाले संयुक्त रुपमा तीन वटा स्याटेलाईट पठाउन लागेका हुन् । जुन नेपाली समय अनुसार बिहीबार विहान साढे २ बजे भर्जिनिया, वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा प्रक्षेपण हुने वडर्स परियोजनाले जनाएको छ । जसको नासाले आफ्नो आधिकारिक वेभसाईटबाट प्रत्यक्ष प्रशारण गर्दैछ । 

जानकारहरुका अनुसार यो स्याटेलाईटले लो अर्बिट अन्तर्गत् पृथ्वीबाट ४ सय किलोमिटरको दूरीमा रहेर पृथ्वीलाई परिक्रमा गर्दछ । एक पटक परिक्रमा गर्नको लागि यसलाई ९० मिनेट लाग्ने बडर्स परियोजनाले जनाएको छ भने यसले दैनिक १६ पटक पृथ्वीको परिक्रमा गर्नेछ । यो १६ पटक पृथ्वीको परिक्रमा गर्ने क्रममा यसलाई पृथ्वीको भूतलको फोटो खिच्ने कामको लागि मात्रै प्रयोग गर्नसकिने बैज्ञानिकहरुले जनाएका छन् । 

कस्तो आकारको छ स्याटेलाईट ?
बडर्स परियोजनाका अनुसार घनाकार स्वरुमा रहेको सो स्याटेलाईटको एकापट्टि भागको बीचमा क्यामेरा जडान गरिएको छ । त्यो सँगै एउटा बर्गाकार प्लेटमा जीपीएस प्याच एन्टेना पनि राखिएको छ । त्यसको मुनि डेभलपमेन्ट मेकानिजम तयार पारिएको हुन्छ । त्यो स्याटेलाईटमा दुईवटा प्यानलहरु राखिएको हुन्छ । जसको एकातर्फको एक्स प्यानलमा क्यामेरा जिपिएस लगायत माथि उल्लेखित बस्तुहरु राखिएको हुन्छ भने वाई प्यानलमा सोलारका प्यानलहरु राखिएका हुन्छन् । बाँकी रहेको जेट प्यानलमा पनि सोलार प्यानल नै राखिएको हुन्छ । जेट प्यानलको बीचमा सोलार प्यानल राखिएको हुन्छ भने त्यसको दुई कुनामा एउटा डेभलपमेन्ट स्वीच र अर्काेमा सेप्रोसन स्प्रिङ राखिएको हुन्छ । 

के हो अर्बिट र कति हुन्छन् अर्बिटहरु ?
अर्बिट पृथ्वीबाट प्रक्षेपण गरिएको रकेट जाने बाटो हो । सोही बाटोको परिधिलाई नापेर बैज्ञानिकहरुले स्याटेलाईट कुन अर्बिटमा राख्ने भन्ने निष्कर्ष निकाल्छन् । यसलाई बैज्ञानिकहरुले लियो, जियो र मियो नामबाट विश्लेषण गर्ने गरेका छन् । जसमध्ये ५ सय किलोमिटरदेखि १५ सय किलोमिटरसम्मको दूरीलाई लो अर्थ अर्बिट अर्थात् लियो, जियो र मियोको बीचको दूरीमा रहनेलाई मिडियम अर्थ अर्बिट अर्थात् मियो र ३६ हजार किलोमिटर भन्दा माथिको दूरीमा रहेको अर्बिटलाई जियोस्टेसनरी अर्थ अर्बिट जियोको रुपमा विश्लेषण गरिन्छ । 

पृथ्वीको स्याटेलाईट तस्बीरहरु लिनको लागि इरेडियम फोटाहरु राम्रो हुने भएकोले हाम्रो यो स्याटेलाईट पनि लो अर्बिट एरियामा नै प्रक्षेपण गरिने नास्टले जनाएको छ । यसले नेपालमा रहेका रुख विरुवाहरुको र यहाँको भौगोलिक अवस्थाको तस्वीरहरु मात्रै लिनसक्ने बताईएको छ । 

कत्रा आकारका हुन्छन् स्याटेलाईटहरु 
स्याटेलाईटहरु पनि निकै सानादेखि ठूला साईजसम्मका हुन्छन् । नासाले पठाएको एउटा जियो स्टेसनरी अप्रेसन इन्भार्मेन्टल स्याटेलाईट–आर नामको स्याटेलाईट कूल २८ सय केजीको छ । त्यस्तै, जियो स्टेसनरी अप्रेसन इन्भार्मेन्टल स्याटेलाईट–१५ नामको स्याटेलाईट १५ सय ४० केजीको रहेको छ । यस्ता स्याटेलाईटहरु कोही तस्वीर खिच्ने प्रयोजनको लागि हुन्छन् भने कतिपय सैनिक सुरक्षा र विभिन्न प्रयोजनका लागि पनि हुन्छन् । 

संयुक्त राष्ट्र संघको अन्तरिक्ष मामला सम्बन्धि हेर्ने कार्यालयको तथ्यांक अनुसार सञ्चार क्षेत्रसँग सम्बन्धित ८४८ वटा स्याटेलाईटहरु रहेका छन् । त्यस्तै, पृथ्वीको अवलोकन गर्ने ७१० वटा, प्राविधिक विकासको लागि २२३ वटा, सैन्य प्रयोजनको लागि ४२२ अन्तरिक्ष अध्यययनको लागि ८५ र पृथ्वी सम्बन्धी अध्ययनको लागि कूल २५ वटा स्याटेलाईटहरु अन्तरिक्षमा छन् । सो कार्यालयका अनुसार अहिले १९५७ वटा स्याटेलाईटहरु अर्बिटा सक्रिय छन् । २०१८ मा मात्रै संयुक्तराष्ट्र संघको सूची अनुसार ७२ वटा स्याटेलाईट अन्तरिक्षमा पठाईएको थियो । 

के हो बर्डस् परियोजना ?
बर्डस् परियोजना जापानले आफ्नै भूउपग्रह नभएका देशहरुलाई मध्यनजर राख्दै सुरु गरेको एउटा परियोजना हो । यो एउटा बहुराष्ट्रिय परियोजना हो । जसमा विभिन्न देशबाट भू उपग्रह सम्बन्धी अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रबृत्तिमा त्यहाँ पढाईन्छ र उनीहरुले नै निर्माण गरेको स्याटेलाईटको लागि लाग्ने खर्च सम्बन्धित देशबाट संकलन गरेर उपग्रह प्रक्षेपण गरिन्छ । नेपालले यो परियोजनाको लागि २ करोड रुपैयाँ दिएको थियो । 

२ वर्ष अघिदेखि सुरु भएको सो परियोजनामा घाना, मंगोलिया नाईजेरिया र बंगलादेशको समेत सहभागिता रहेको छ । उनीहरुले सबैभन्दा पहिले २ वर्ष अघि नै १ केजी र १० सेन्टिमिटरको स्याटेलाईट विभिन्न ७ देशले मिलेर प्रक्षेपण गरेका थिए । नेपालले बड्र्स परियोजनाको तेस्रो चरण अर्थात् वडर्स – ३ मा आफ्नो स्याटेलाईट पठाउन लागेको हो। 

भुटानभन्दा नेपालको प्रक्षेपण पछि 
भुटानले जापानकै सहयोगमा गत साउन महिनामा नै आफ्नो पहिलो स्याटेलाईट प्रक्षेपण गर्यो । साउनमा जापानी विद्यार्थीहरुले जापानी अन्तरिक्ष एजेन्सी ९जाक्सा०को सहयोगमा भुटान(१ नामको क्युबस्याटलाई अन्तरिक्षमा पठाएको हो । तर, नेपालमा पनि नेपाल दूरसञ्चार प्राधिकरणले धेरै समय अघि नै आफ्नै स्याटेलाईट बनाउने भनेको भएपनि त्यो अहिलेसम्म अघि बढेको छैन । 

नास्टले अहिले पठाएको स्याटेलाईट र दूरसञ्चार प्राधिकरणले पठाउने भनेको स्याटेलाईटको स्वभाव नित्तान्त भिन्न छ । यो स्याटेलाईटमा क्यामेरा जडान गरेर यहाँको फोटो खिच्नको लागि मात्रै प्रयोग गर्न सक्ने बनाईएको छ भने दूरसञ्चारले पठाउने भनेको स्याटेलाईट दूरसञ्चारसँग सम्बन्धित छ । 
No photo description available.

Image may contain: text

No photo description available.

No photo description available.

Image may contain: text

Image may contain: screen

नयाँ