arrow

बेमौसमी बर्षाले बगायो पुल बनाउने सामाग्राी

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७६ वैशाख ४ बुधबार
photo_pul_seti_khola.jpg

स्याङ्जा । स्याङ्जा र पर्वत जोड्ने गरी निर्माण हुन लागेको सेतीखोला पुलका सामाग्री बगाएर क्षती पुर्‍याएको छ । आउदो असरार मसान्त भित्र सम्पन्न गर्ने तयारीका साथ निर्माण भएको पुलको सामाग्री बाढीले बगाएपछि पुल बेलैमा सम्पन्न नहुने देखिएको छ ।

 मुक्तिनाथ निर्माण सेवा र सुयान विल्र्डसले संयुक्तरुपमा निर्माण गर्दै आएको पुल पर्वतको विहादी गाँउपालिका र स्याङ्जाको गल्याङ नगरपालिका जोड्ने पूल हो । पुलको सबैकाम सकिएको थियो सुयान विल्र्डसका प्रोपाईटर सुदन श्रेष्ठले भने,“बैशाख ७ गते ढलानको तयारी थियो सबै सामाग्री बाढीले बगाईदियो ।” पुल निर्माण गर्न प्रयोग गरिएका पानी तान्ने पम्प, मेसिन, गिट्टी बालुवा, हिमपाईप, काठ, जाली लगायतका सामाग्री बगाएर ठुलो क्षेती व्यहोर्नु पर्‍यो श्रेष्ठले भने ।

श्रेष्ठका अनुसार दुईदिन सम्म लगातार परेको अविरल बर्षाले करिव ३५ लाख बराबरको क्षेती पुर्‍याएको बताए । बर्षा नलाग्दै पुल सम्पन्न गर्ने योजनामा थियौ श्रेष्ठले भने,“सामाग्री सबै बगाएपछि पुल निर्माण कार्य अब केही महिना लम्विने छ ।” पुल निर्माणमा राम्रो काम गर्दै आएका दुई कम्पनी बेमौसमीको शिकार बन्न पुगेका छन् । ३५ मिटर लम्वाई र ११ मिटर चौडाई रहेको पुल निर्माण गर्न ५ करोड १२ लाखमा सम्झौता गरिएको थियो ।

दुईजिल्ला जोड्ने मोटरेवल पुल निर्माण भएपछि दक्षिण पर्वत र पश्चिम स्याङ्जाका वासिन्दालाई आवातजावतमा टेवा पुग्ने बताइएको छ । समयमै पुल सक्ने गरी थालेको निर्माण कार्यलाई बेमौसमी बाढीका कारण अलपत्र अवस्थामा पुगेको छ । बाढीले क्षेती पुर्‍याएपनि समयमै मोटरेवल पुल सम्पन्न गर्न नसकेपनि केही महिना भित्र सक्ने योजना रहेको श्रेष्ठले बताएका छन् । मोटरेवल पुल निर्माणमा कुनै कसुर बाँकी नराखी काम भएको स्थानीयले बताएका छन् । बाढीका कारण ठेकेदारले ठुलो क्षेती व्यहोर्न परेकोमा स्थानीय पनि दुखित भएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ