arrow

जनकपुरका दुई नाम चलेका होटल र बेकरीमा छापा, अखाद्य बस्तु भेटियो

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ वैशाख ४ बुधबार
akhadya1.jpg

जनकपुरधाम । जनकपुरमा नाम चलेको मिठाइ पसलेबाट राष्ट्रिय मानव अधिकार आयोगले जनकपुरधामको बजार अनुगमन क्रममा अखाद्य सामग्री जफत गरेको छ ।

बुधबार राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीको नेतृत्वमा गरिएको जनकपुरधाम बजार अनुगमनको क्रममा जनकपुरकै नाम चलेको हंसराज मिठाई पसल तथा रघुपति मिष्ठान भण्डारको अखाद्य मिठाई, घ्यू, तेल लगायतका पदार्थ नष्ट गरेका छन ।

जनकपुरधामको हंसराज मिठाई पसलको कारखानामा किरा फलेको ईमली, नेपालमा प्रतिबन्धित सागर गोल्ट पाउडर दुध, हाईड्रो, रंग, फिटकिरी लगायतका सामग्रीहरु गुण प्रविधि तथा नियन्त्रण कार्यालयले आफ्नो नियन्त्रणमा लिएका हुन् ।

हंसराजको कारखानाभित्र लुकाई राखेको अवस्थामा सागरको गोल्ड प्याकेट पाउडर दुधका बोरा, हाईड्रोका प्याकेट, रंग, फिटकिरी, बदामका पिठो लगायतका सामग्रीहरु बरामद गरी नियन्त्रणमा लिईएको गुण प्रबिधि तथा नियन्त्रण कार्यालय धनुषाका खाद्य निरिक्षक प्रबिण तिवारीले जानकारी दिए।

यसैगरी जानकी मन्दिर स्थित रघुपति मिष्ठान भण्डार तथा ओम बेकरी हाउसको घ्यू, मिठाई, प्रयोग गरिएको तेलका सामग्री साथै प्रयोग गरिएका तेलीय वस्तुहरु तत्काल नष्ट गरिएको थियो। ओम बेकरी एण्ड स्विटस् हाउसमा उत्पादित पाउरोटीमा एक दिन अगावैको तिथिमितिमा उत्पादन मिति राखि सिल प्याक गरि विक्रि वितरणका लागि तयारी अवस्थामा रहेकोलाई जफत गरेको हो ।

साथै अबदेखि त्यस्तो गरेको पाइएमा कालोबजारी अन्तर्गत मुद्दा चलाईने जनकपुरधाम उप–महानगरपालिकाका मेयर लालकिशोर साहले बताए। साथै रघुपति मिष्ठान भण्डार तथा ओम बेकरी हाउसले संयुक्त रुपमा सञ्चालन गरेको कारखानाको दुध तथा दुधले बनेको पदार्थहरुमा अत्यधिक झिंगा, लामखुट्टे तथा माहुरी मरेको पाईएकोहरुलाई नष्ट गरेका छन ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीको नेतृत्वमा गरिएको अनुगमनको क्रममा जनकपुरधाम उप–महानगरपालिकाका मेयर लालकिशोर साह, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेल, मानव अधिकार आयोग क्षेत्रीय कार्यालयका वीर मगर, केन्द्रका दिपेन्द सिंह, गुण प्रविधी नियन्त्रण कार्यालय लगायतको संयुक्त टोलीले अनुगमन गरेको थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ