arrow

गाउँपालिका कार्यालयमा बम विस्फोट,  भवनमा क्षति, शंका विप्लव नेकपाको

logo
रामचन्द्र रायमाझी, 
प्रकाशित २०७६ वैशाख ५ बिहिबार
bisfot1.jpg

पाल्पा। जिल्लाको रिब्दीकोट गाउँपालिकामा  सुतली बम विस्फोट भएको छ। बिहीबार बिहान २ बजेको समयमा गाउँपालिका ३ खस्यौलीमा रहेको गाउँपालिकाको भवनमा बम बिस्फोट भएको  हो। बम बिस्फोट  हुँदा गाउँपालिका परिसरमा सेवाग्राहीलाई बस्नको लागि बनाइएको ट्रसको छानो, कार्यालयका झ्याल, ढोकाका सिसा र कम्प्युटरमा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष नारायण जिसीले जानकारी दिए। बम कसले र किन पड्काएको हो भन्ने विषयमा भने जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गाउँपालिकामा बम विष्फोट भएपछि स्थानीय त्रसित भएका छन्।

विप्लव समूहको नेकपाले नेपाल  बन्द आब्हान गरेकाले पनि विप्लव समूहले आतंकीत पार्न बम विष्फोट गराएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि यस विषयमा थप विवरण भने आउन बाँकि छ। बम तानसेनबाट गएको नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ