- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बाजुरा । बाजुरा जिल्लामा लगातारमा आएको पानीले बुधबार विहानदेखि टेलिफोन सेवा अवरुद्ध हुदा उत्तरी भेगका चार स्थानीय तह सम्पर्क विहिन भएका छन् ।
टावरमा बिजुली नहुँदा सोलारबाट संचालन गरिएको टावरमा पटक-पटकको वर्षका कारण घाम नलागेपछि सोलारको ब्याटीमा चार्ज नभएर टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम शाखा बाजुराका माधव प्रसाद पाण्डेले बताएका छन्।
उनले सो क्षेत्रमा आकाशमा अलिकति बादल लाग्ना साथ टेलिफोनको टावर अवरुद्ध हुने गरेको बताउनु भयो । धेरै घाम लाग्दा पनि सो क्षेत्रमा टेलिफोनको नेटवर्क जाने र अलिकति आकाशमा बादल लाग्ना साथ र पानी पर्दा टेलिफोनको टावर जाने भएकाले चार वटा स्थानीय तहका बासिन्दाले निकै सास्ती भोग्दै आएका छन् ।
मौसम परिवर्तनसंगै पानी पर्ने भएकाले टावरका लागि राखिएका सोलारले काम नगर्दा फोन सेवा अवरुद्ध हुने गरेको कार्यालय प्रमुख जोशीको भनाई रहेको छ । टावर नभएपछि महत्वपुर्ण कामका लागि पनि चुक्नुपर्ने यहाँका स्थानीयहरुको गुनासो रहेको छ । बाजुरा जिल्लाको उत्तरी क्षेत्रका बुढीनन्दा नगरपालिका, हिमाली गाँउपालिका,स्वामिकात्र्तिक गाँउपालिका र जगन्नाथ गाँउपालिकाका बासिन्दाहरु सम्पर्क बिहिन बनेका हुन् ।
उक्त पालिकाका कतिपय गाँउहरु उसै त टेलिफोनको टावर टिप्दैनन् त्यसैमा पनि पटक पटकको टेलिफोनको टावरको समस्याले त्यहाँका बासिन्दाहरुले खाल्डोभित्र पसेको अनुभव गरेको बुढीनन्दा नगरपालिका–५ का स्थानीय नन्दबीर चदराले दुखेसो गरे ।
उनले भने–“न त टेलिफोनको राम्रो व्यवस्था छ, न त बिजुलीबत्ती न त सडक नै हामीले कहिले आधारभुत सेवा सुविधा पाउने सकेको छैन ।”
थोरै पानी पर्यो भने सदरमुकाम सम्म जानका लागि २ देखि ४ दिनसम्मको पैदल बाटो हिड्नपर्छ । सर्व साधारणले सदरमुकाम सम्म जाने अवस्था नै छैन । बिजुली बत्तीको लागि त झनै कोल्टी क्षेत्रमा पालो कुर्नुपर्छ । उज्यालो बाल्नका लागि पनि पालो कुर्नपर्ने बाध्यता कहिले हट्ला अर्का स्थानीय लाल बहादुर बिकले थपे । त्यसो त हिमाली गाँउपालिकाका कतिपय गाँउले हरुले त बत्ती कस्तो हुन्छ भन्ने कराको आभास पनि गरेका छैनन् । बाल्नको त कुरै छोडौँ ।
यता हिमाली गाँउपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्ल भने स्थानीय सरकारले बिजुलीलाई पहिलो प्राथमिकतामा राखेर आफुहरु अगाडी बढेको बताउछन् । गाँउपालिकाको–५ बोल्डिकमा भने बत्तीको बिकल्पका लागि सरकारले प्रत्येक घरमा निःशुल्क सोलार जडान गरेको छ । अरु जिल्लाकै पछिडीएको मानीने विच्छ्या, युना, गुम्बा लगायतका गाँउहरु भने उज्यालोको पर्खाइमा बसेका छन् ।