- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रसुवा । सवारी साधन गुढाउन असहज भएपछि नेपाली कांग्रेसले स्याफ्रु मैलुङ खण्डको अन्तर्राष्ट्रिय राजमार्गमा सुधारका कार्य अगाडि वढाएको छ।
नेपाली कांग्रेस रसुवाले दिएको जानकारी अनुसार स्याफ्रुबेशी नजिक छोकलदेखि मैलुङ सम्मको १७ किमि दुरीको भूभागमा गल्छि ,त्रिशुली,मैलुङ, स्याफ्रुवेशी सडक सुधार आयोजनाले गरेको सुधारका काम यथेष्ठ नभएका कारण आफ्नो दलको निर्णयवाट अन्तर्राष्ट्रिय राजमार्ग सहज तरिकाले सञ्चालन गर्न सामाजिक अभियान्ता एवं रसुवावाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने संसद मोहन आचार्यले निशुल्क दिएको निजी स्काभेटर सहयोग र जिल्ला पार्टि सभापति पेम्वाछिरिङ तमाङ तथा पार्टि सचिव सुनावाङदी तामाङको अगुवाईमा राजमार्गको सुधार कार्य अगाडि वढाइएको हो।
गत ४ दिन देखि शुरू भएको राजमार्ग सुधारको कार्य अन्तरगत भार्खु पुछारको तातोपानि भीरमा पहिरोले पुरेको उकालो सतह लाई होचो वनाउनुको साथै बढि मात्रामा सवारी चालकले असहज मानेको धुञ्चे तलको त्रिशुली नदि देखि छोकलसम्मको करिव ५ किलोमिटर भूभागका राजमार्गको अधिकांस ठाउँमा सतह मिलाउनुको साथै ग्राविल समेत राख्ने काम गरिएको र अन्य ठाउँको सुधारका लागि अझै केही दिन लाग्ने पार्टि सभापति पेम्वा छिरिङ तामाङले जानकारी दिए।
यस्तै धुञ्चे तल त्रिशुली नदिमा पक्कि पुल निर्माण नहुदाँ नदि वाट सवारी साधन तार्नु पर्ने समस्या हल गर्न आफ्नो दलले हिमपाइपको व्यवस्था मिलाउन लागेको समेत सभापति तामाङले वताए । उनका अनुसार कार्यारम्भमा मैलुङदेखि नै गएको वर्षा याममा ठाउँ ठाउँको पहिरोले थुपारेका अवरोध भने पहिलो चरणमा हटाई सकिएको छ।
आफ्नो दलले गरेका कार्य प्रगती पारदर्शी गर्न रसुवामा कृयाशिल पत्रकारहरूलाई स्थलगत रूपमा अवलोकन गराई सकिएको नेपाली कांग्रेस जिल्ला पार्टि सचिव सुनावाङदी तामाङले वताए । नेपाल चीन विचको व्यापार व्यवसाय अभिवृद्वि गर्ने एक मात्र अन्तर्राष्ट्रिय राजमार्ग सुधारका लागि संसद मोहन आचार्यको स्काभेटर र मेशिन सञ्चालनका लागि आमाछोदिङ्मो गाउँपालिकाले उपलव्ध गराएको डिजेल सहयोगले सामाजिक हित भएको स्थानीय वासिले वताएका छन।
यसैगरि वेत्रावति धुञ्चे स्याफ्रु राजमार्ग अन्तरगत गत भदौमा धुञ्चे नजिक त्रिशुली नदि छेउको पहिरो व्यवस्थापन गर्न समेत संसद मोहन आचार्य द्वारा निशुल्क रूपमा प्रदान गर्नु भएको स्काभेटर सहयोगले राजमार्ग सुचारू गराइएको वताउदै पुर्व प्रशाशक कृष्ण पौडेलले ग्रामिण सडक निर्माणमा समेत आचार्यको स्काभेटर सहयोग महत्वपुर्ण रहेको जानकारी दिए ।
धैवुङ धुम्ती नजिक धोविखोला जिवजिवे , प्राङ्से, ज्याङलाङ , लोकिल , कैदलटार जस्ता थुप्रै स्थानको सडक शुचारू गर्ने कार्यको साथै ठाउँ ठाउँमा खेलमैदान निर्माण, आफ्नो कला संस्कृति जिवन्त राख्न समय समयमा जिल्लाका विभिन्न स्थानमा हुने संस्कृति कार्यक्रममा समेत समय साक्षप संसद आचार्यले उल्लेखनिय सहयोग गर्नु भएको स्थानीय वासिन्दाले जानकारी दिएका छन।