arrow

बाढीले कटान गरेपछि मध्यपहाडी लोकमार्गको पुल उच्च जोखिममा

logo
थम्मन थापा,
प्रकाशित २०७६ वैशाख ५ बिहिबार

बागलुङ । मध्यपहाडी लोकमार्ग स्थित बागलुङको गलकोट नगरपालिका २ नरेठाँटी स्थित गौदी खोलाको मोटरेबल पुल उच्च जोखिममा रहेको छ । गत वैशाख १ र २ गते परेको असिना सहितको भारी वर्षापछि आएको भीषण बाढीले खोला आसपासमा कटान गरेपछि पुल उच्च जोखिममा परेको हो ।

गलकोट नगरपालिका २ नरेठाटी र वडा नं ४ को बिचमा पर्ने मोटरेबल पुल जोखिममा परेपछि लोकमार्गमा गुडने सवारी साधनहरु र पैदल यात्रीहरु चिन्चित बनेका छन । वर्षायाम सुरु नहुँदै परेको भारी असिना पानी पछि बाढीले बागलुङ जिल्लामा मध्यपहाडी लोकमार्गको विभिन्न खण्डमा भौतिक संरचनाहरुलाई निकै क्षती पुराएको स्थानीयबासीले जानकारी दिएका छन ।

भारी वर्षा सॅगै गौदी खोलामा आएको बाढीका कारण गलकोट नगरपालिकाको वडा नं १ दुदिलाभाटी, वडा नं २ नरेठाँटी, वडा नं ३ हटिया लगायतका बस्तीहरुमा झण्डै ६ करोड रुपैया बराबरको क्षती पुगेको गलकोट नगरपालिकाले अनुमान गरेको छ । बाढी पहिरोबाट प्रभावित विस्तापित परिवारलाई गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले राहत रकम समेत वितरण समेत गरेका छन् ।

बुधबार बाढीले क्षतिग्रस्त स्थानहरुमा नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, प्रदेश सांसद चन्द्र बुढा सागर, ईन्द्रलाल सापकोटाले स्थलगत अवलोकन गरेका थिए । मन्त्री विष्टले स्थलगत अवलोकन पछि सरकारको तर्फबाट आवश्यक राहत तथा सहयोग हुने बताएका छन ।

त्यस्तै गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे, उपप्रमुख रेनुका काउचा वडा अध्यक्षहरु सहितको टोली बाढीले क्षतिग्रस्त क्षेत्रमा वैशाख २ गते नै स्थलगत अवलोकन गरि राहत र उद्वारको कामलाई अगाडी बढाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ