arrow

सामान्य वर्षामै सडक हिलाम्मे

logo
प्रकाशित २०७६ वैशाख ५ बिहिबार
sadak1.jpg

सर्लाही । सर्लाहीको दक्षिणी भेगका ग्रामीण सडक सामान्य वर्षा हुँदा समेत हिलाम्मे हुन थालेका छन् । वर्षौदेखि जिर्ण अवस्थामा रहेका भित्री सडकहरु दुई दिन परेको आकाशे पानीका कारण हिँड्डुल गर्नै मुस्किल पर्नेगरी हिलाम्मे भएको हो ।

जिल्लाको दक्षिणी भेगका चन्द्रनगर, हरिपूर्वा, पर्सा, ब्रह्मपुरी, कविलासी र सदरमुकाम मलङ्गवाका भित्री कच्ची सडकहरु वर्षाको पानीले बिग्रिएका स्थानीयवासीले बताएका छन् । जिर्ण सडकका खाल्डाखुल्डीमा जलमग्न भएर पानी जम्दा ओहोरदोहोर गर्न मुस्किल परेको चन्द्रनगर गाउँपालिका–१, मोहनपुरका नन्दकिशोर यादवले गुनासो गरे।

सडकको खराब अवस्थाका कारण दुर्घटनाको जोखिम समेत बढेको छ । कतिपय सडक हिलाम्मे भएका छन् भने केही ठाउँमा भने सडकमा कुहिरी मण्डल भएर धूलो उड्दा जनजीवन प्रभावित भैरहेको छ ।

 बिग्रिएको लामो समयसम्म सडक मर्मत नहुँदा वर्षायाममा हिलाम्मे र सुख्खा मौसममा धुलाम्मे हुने गरेको स्थानीयहरुको गुनासो छ । तर, स्थानीय तहहरुले भने जिर्ण अवस्थामा रहेका सडक मर्मतको काम चलिरहेको दावी गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ