arrow

चुनाव जितेसँगै अस्वस्थ्य बनेका चौधरीको निधन

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ वैशाख ८ आइतबार
chaudhary6.jpg

जनकपुरधाम ।  महोत्तरी जिल्लाको पिपरा गाउँपालिका अध्यक्ष विनोद चौधरीको निधन भएको छ ।

शारीरिक अस्वस्थताका कारण काठमाडौंको मेडिसिटी हस्पिटलमा उपचार रत्त अध्यक्ष चौधरीको आईतवार विहान ४५ वर्षको उमेरमा निधन भएको परिवारिक श्रोतले जानकारी दिए।

अध्यक्ष चौधरीको शवलाई महोत्तरी ल्याएर अन्तेष्टि गर्ने तयारी भइरहेको जनाएको हो ।

अध्यक्ष चौधरी राष्ट्रिय जनता पार्टी नेपालबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।

निर्वाचित भएकै बेलादेखि चौधरी शारिरीक तथा मानसिक रुपमा अस्वस्थ्य भएपछि औषधि उपचार भइरहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ