arrow

सगरमाथाको टुप्पोमै आरोहणसंगै मापन गर्ने दुई जना

आउने आर्थिक बर्षमा सगरमाथाको उचाई मापनकार्य सकाउने लक्ष्य

logo
प्रकाशित २०७६ वैशाख १० मंगलबार
sagarmatha.jpeg

काठमाडौं। सरकारले आउने आर्थिक बर्षमा सगरमाथाको उचाई मापन कार्य  सकाउने लक्ष्य लिएको छ। यही आर्थिक बर्षमा फिल्डको सर्बेक्षणको काम सम्पन्न गर्ने लक्ष्य राखेपनि मौसम तथा भौगोलिक अबस्थाका कारण आरोहण सम्पन्न कार्य भने अर्को बर्षसम्म गर्ने लक्ष्य लिएको नापी बिभागका निर्देशक दामोदर ढकालले बताए।

समुद्र सतहदेखि सगरमाथाको टुप्पोसम्मको उचाई परम्परागत बिधिमा समतलन नापीबाट सुरु गरिएको छ। समुद्रसतह नेपालमा नभएकाले नेपाल भारत सिमाको माडरसम्म एउटा स्टेशन निर्माण गरेको छ। समुन्द्र्र सतहदेखि माडरसम्म भारतले सर्वे गरी नेपाललाई तथ्यांक बुझाउने सहमति भएको छ। सिराहाको माडरदेखि ओखलढुंगाको पातालेडाडासम्म समतलन नापी नेपालले सम्पन्न गरिसकेको हो।

नेपालले सगरमाथाको उचाइ मापन शुरु गरी सगरमाथाको टुप्पोसम्मको उचाई मापन गरिएको छ। पातालेडाँडा देखि ३ वटा कम उचाईका  बिन्दुहरु हुन। यस्तै खालका ९ वटा कम उचाईका बिन्दुहरु पहिचान भइसकेका छन। हुन त समतलन नापी सगरमाथाको टुप्पोसम्म नै गर्नुपर्ने भएपनि भौगोलिक कारणले सम्भव नभएकाले सम्भव नभएका कम उचाई भएका स्थानमा अर्को बिधि त्रिकोण मितिय समतलनबाट गरिनेछ।

प्रिसाइज लेभलिङ्गको १७० किलोमिटर र ग्लोबल न्यारिगेशन स्याटलाइट सिस्टम जिएनएस सर्बेक्षणका लागि  २३१ वटा बिन्दूको काम सम्पन्न भएको छ। २८५ बिन्दुमध्ये २३१ बिन्दुको अबलोकन तथा पहिचान सम्पन्न भएको छ। आउने १५ गतेदेखि २० गतेसम्मका लागि टोली बाँकी सर्वेक्षणका लागि सगरमाथा क्षेत्र परिचालन हुनेछ।

जिएनएस सर्बेक्षणका लागि  छनौट भएका २८५ बिन्दुमा फेरी ग्राभिटी सर्बेक्षण गर्नुपर्ने हुन्छ। यसका लागि स्टेशनहरुमा १०४ वटा पिलर गाडने काम पनि सम्पन्न भएको छ। अब ग्रयाभिटी सर्बेक्षणमा धेरै काम गर्न बाकी छ। साथै सबैभन्दा चुनौति र कठिन भनेको सगरमाथा आरोहण गर्न रहेको नापि बिभागका निर्देशक दामोदर ढकालले जानकारी दिएका छन्। 

सगरमाथाको भौगोलिक तथा स्वास्थ्यका हिसाबले सगरमाथा आरोहण गर्दै मापन गर्न निकै चुनौति रहेको नापी बिभागका निर्देशक दामोदर ढकालले जानकारी दिएका छन्। 

प्रारम्भिक चरणमा सगरमाथाको आरोहणका लागि कर्मचारी नै पठाउनका लागि १९ जना छनौट भएपनि त्यसमध्ये अन्त्यमा ४ जनामात्रै छनौटमा परेको छ। सगरमाथाको टुप्पोमै आरोहण गर्न २जना र बाँकी २ जना बेसक्याम्पसम्म पुग्ने गरी त्यसतर्फ लागेको छ। 

ग्रयाभिटी सर्बेक्षणका लागि दक्ष जनशक्ति तथा गुणस्तरीय मेशीनको अभाव छ। साथै हाई अल्टीच्युडको स्थान भएकाले स्वास्थ्यका हिसाबले पनि मापनमा निकै चुनौति हुने निर्देशक ढकालले बताए।

सगरमाथाको उचाई मापनमा भारत र चीन बीच जुहारी  
विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाईको पहिलो पटक मापन सन् १८ सय ४९ मा भारतले गरेको थियो। तर, त्यतिबेला पुरानो प्रविधिको प्रयोग भएको थियो। सन् १९५४ मा भारतले फेरी  मापन गर्दा ८,८४८ मिटरको उचाइ निकालेको थियो। त्यसपछि सन् १९७५ मा चिनले मापन गर्दा ८८४८.१३ मिटर निकालेको थियो। फेरी सन् २००५ मा चिनले मापन गर्दा ८,८४४.४३ मिटर उचाइ निकालेको थियो।

भारत र चीन बीच पटक पटक उचाई मापनमा जुहारी चलेपनि यस कार्यमा अन्य राष्ट्रले पनि कदम अघि बढाएका छन। सन् २००० मा अमेरिकाले मापन गर्दा ८,८५० मिटर उचाई रहेको उल्लेख गरेको थियो। यसैगरी इटालियनले सन् १९९२ मा मापन गर्दा ८,८४८.६५ मिटर उचाई निकालेको थियो। नापी विभागले भने  २०७२ सालमा भूकम्प गएपछि नगरकोट, फुल्चोकीलगायत काठमाडौं वरिपरिका डाँडाहरूलाई आधार मानेर सर्भे गर्दा करिब १ मिटर उचाइ बढेको तथ्य निकाल्यो। त्यसपश्चात् विश्वभर नै सगरमाथाको उचाइको विषयलाई लिएर विभिन्न प्रश्न उठेका छन्।  तर यस पटक भने नेपालले पहिलो पटक आफनै लगानीमा सगरमाथा उचाई मापन गरेको हो। 

सगरमाथाको उचाई नाप्न नेपालले पहिलो पटक आफना सरकारी कर्मचारीलाई त्यसतर्फ पठाएको हो। नेपालले पहिलोपटक आफनै लगानीमा सगरमाथाको उचाइ मापन सुरु गरेको छ। सगरमाथा क्षेत्रको कम्तीमा ८ स्थानमा लेबलिङ सर्भेका लागि स्थान छनोट गरी मेसिन राखिनेछ। 

लेबलिङ सर्भेले समुन्द्र सतहबाट कति उचाइ छ भन्ने तथ्यांक उपलब्ध गराउनेछ। सगरमाथाको चुचुरोमा मेशिन राख्दा त्यस्तै मेसिनहरू कम्तिमा १२ वटा अन्य प्वाइन्टमा पनि राखिनेछ। त्यसपछि नेटवर्क कलेक्शन गरेर तथ्यांक आइसकेपछि प्रोसेसिङ गरिनेछ। नेटवर्क करेक्शन गरिसकेपछि बल्ल उचाइ आउनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ