arrow

हङकङमा महँगीको मार : जमिन नभएर अन्तिम संस्कारको पर्खाइमा ४ लाख शव

logo
प्रकाशित २०७६ वैशाख १६ सोमबार
hongkong1.jpg

काठमाडौं ।  महँगीको मार हङकङमा यति परेको छ कि त्यहाँ मृतकहरुको अन्तिम संस्कार गर्न मुश्किल भएको छ ।

आकाश छुने जमीनको मुल्यले त्यहाँ अन्तिम संस्कार गर्न थप जटिल बनेको छ ।

हङकङमा शवहरुलाई गाड्नको लागि सानो जमीनको टुक्रा किन्नमा करिब २ करोड ६० लाख नेपाली रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।

जमीन महंगो भएको कारण मानिस शवहरुको अंतिम संस्कार गरेर लकरहरुमा रखि रहेका छन् । उनिहरु शवलाई जमीनमा गाड्ने पर्खाइमा छन् ।

शवलाई लकरमा राख्न पनि प्रतिस्पर्धा चलेको छ । लकरमा शव राख्न पनि मानिसहरुले चार बर्षसम्म पर्खनु परेको छ । सरकारी लकरमा शव रख्नको लागि करिब ३५ हजार बार्षिक तिर्नुपर्ने हुन्छ ।

हङकङका प्राय सरकारी लकर भरिएका छन् । मानिस आ-आफ्ना लकरहरुको अघि मृतकहरुको तस्वीर  टाँसेका छन् । साथै मानिसहरुले प्राइभेट लकरलाई चर्को मुल्य तिरेर पनि शव राख्ने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ