arrow

आइएस नेता बग्दादीको पाँच वर्षमा पहिलो भिडियो, हारको बदला लिन श्रीलंकामा आक्रमण 

logo
प्रकाशित २०७६ वैशाख १७ मंगलबार
baghdadi.jpg

काठमाडौं । बिद्रोही समूह इस्लामिक स्टेट आइएसका नेता अबु बकर अल बग्दादीको पाँच वर्षको अवधिमा पहिलो भिडियो सार्वजनिक भएको छ । भिडियोमा श्रीलंकामा भएको आक्रमण बदलाको भावले गरिएको बताइएको छ । 

१८ मिनेट लामो भिडियोमा उनले श्रीलंकामा भएको आक्रमणका बारेमा जिकिर गरेका हुन् । श्रीलंका आक्रमणमा २५३ जनाको मृत्यु भएको थियो भने ५०० भन्दा बढी घाइते भएका थिए । 

भिडियोमा बग्दादीले आइएसको कब्जामा रहेका क्षेत्र गुमाउनु परेको र त्यसको बदला लिरै छोड्ने चेतावनी दिएका छन् । 

बग्दादीले आइएसको नियन्त्रण रहेको अन्तिम क्षेत्रका रुपमा रहेको बाघुजमा भएको हार पनि स्वीकार गरेका छन् । सन् २०१४ पछि आइएसले भिडियो सार्वजनिक गरेको थिएन । बग्दादी पनि ज्यूँदै छन् वा मरे भन्ने यकिन भएको थिएन । 

एकाएक यो भिडियो सार्वजनिक गरिँदा फेरि विश्वमा आतंक जुर्मुराएको अनुमान गरिएको छ । यो भिडियो कहिले रेकर्ड गरिएको थियो भन्ने स्पष्ट छैन । भिडियो फुटेज आइएसको अल–फुर्कान मिडिया नेटवर्कमा पोस्ट गरिएको हो ।

च्यानल फोर न्यूजले अंग्रेजीमा अनुवादसहित राखेको भिडियोको यो भाग



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ