- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पछिल्लो समय अमेरिकाको बजारमा चिनियाँ एपको लोकप्रियता बढ्दो क्रममा रहेको एक अध्ययनले देखाएको छ । सेन्सर टावरका अनुसार अमेरिकी उपभोक्तामाझ टिकटक र पबजीमोबाइल लगायत चिनियाँ एप लोकप्रिय बन्न पुगेका हुन् ।
सन् २०१९ को पहिलो त्रैमासमा चिनियाँ एपले अमेरिकामा ६७ करोड ४८ लाख डलर आम्दानी गरेका छन् । यो गतवर्षको सोही अवधिको तुलनामा ६७ प्रतिशत बढी हो । एक सय एपको व्यापारको तथ्यांकबारे उक्त अध्ययन गरिएको हो ।
यस वर्षको शुरुवाती तीन महिनामा म्यासेन्जर र कलर बम्प थ्रीडी नामक गेमपछि टिकटक अमेरिकामा सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको छ । टिकटक चिनियाँ कम्पनी बाइटडान्सले निर्माण गरेको हो ।
अमेरिकी उपभोक्ताहरूको माग बुझेर सोहीअनुरूप एप विकास गर्न चिनियाँ कम्पनीहरू सफल भइरहेका छन् । त्यसको उदाहरणको रुपमा टिकटक र पबजी मोबाइल गेम देखिएका छन् । पब्जी मोबाइल बजार पूँजीकरणका आधारमा चीनको सबैभन्दा ठूलो कम्पनी टेनसेन्टले विकास गरेको हो ।
अधिकांश प्रयोगकर्ताले यी एप चिनियाँ कम्पनीले बनाएको हो भन्ने थाहा नभई नै प्रयोग गरिरहेका छन् । अमेरिकाले चीनलाई आफ्नो प्रविधि चोरेको अरोप लगाइरहने गरेको अवस्थामा चिनियाँ प्रविधि कम्पनीले अमेरिकाको बजारमा आफ्नो प्रभाव देखाउन थालेका हुन् । एजेन्सी