arrow

मध्यभोटेकोशीमा चिनियाँ कम्पनीले मापदण्ड पूरा गरेन, ठेक्का सम्झौता रद्ध हुन सक्ने

logo
प्रकाशित २०७६ वैशाख २३ सोमबार
madaya-bhotekoshi.jpg

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले चिनियाँ कम्पनीलाई दिएको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको सम्झौता खारेज गर्ने विषयमा गृहकार्य गरेका छन्। सिन्धुपाल्चोक जिल्लामा निर्माण भइरहेको एक सय २ मेगावाटको यो आयोजनामा चिनियाँ कम्पनीले आवश्यक मापदण्ड पूरा नगरेपछि यो तयारी भएको हो। 

चिनियाँ कम्पनी गुआङसी इड्रोइलक्ट्रिक कन्स्ट्रक्सन ब्यूरोले एक सय २ मेगावाटको यो योजना निर्माणको काम रकम अभावको कारण देखाउँदै रोकेको छ। यो योजनाका अधिकारीहरु र उक्त कम्पनीका प्रतिनिधिको बीचमा दुई साताअघि बैठक बसेको थियो। यो बैठकमा कम्पनीले आफ्नो पुँजीगत स्रोत र यो योजना सक्ने अन्तिम समयको कुनै रुपरेखा पेश गर्न सकेको थिएन। यसको कारण यो जलविद्युत् निर्माणको आयोजनाबारे अहिले अनिश्चितता देखिएको छ। अहिले निर्माणको काम पूर्णरुपमा रोकिएको छ। चिनियाँ कम्पनीले यो समस्या समाधानको आश्वासन मात्र पेश गरेका छन्।

यो योजनाका लागि कम्पनीसँग गरिएको सम्झौतामा गुआङ्सी हाइड्रोइलेक्ट्रिले निर्माणका सबै कामका लागि आफ्नै सामग्रीको प्रयोग गर्नुपर्ने उल्लेख छ। सन् २०१९ फेब्रुअरीमा यो योजनाको स्वामित्व ग्रहणकर्ता चिलिमे हाइड्रोपावरको शाखा मध्य भाटेकोशी जलविद्युत् कम्पनीले चिनियाँ ठेकेदार कम्पनीलाई पत्र लेख्दै पर्याप्त निर्माण सामग्रीका लागि आग्रह गरेको थियो। साथै, उसले योजनाका लागि परामर्शदाताको सिफारिसअनुसारको सामग्री प्रयोग गर्नका लागि आग्रह गरेको थियो। 

कम्पनीलाई ४५ दिनको लागि पुग्ने निर्माण सामग्री ल्याउनका लागि १४ दिनको समय दिइएको छ। साथै ७ दशमलव १ किलोमिटर सुरुङको बाँकी ४० प्रतिशत काम सक्नका लागि १ महीनाको समय दिइएको छ। यो सुरुङको माध्यमबाट भोटेकोशीको पानी आयोजनामा पुर्‍याइनेछ। तर, अहिलेसम्म यसको निर्माणको काम सकिएको छैन। 

गत मार्चमा प्राधिकरणका अधिकारी र कम्पनीको बीचमा बैठक दुई दिनसम्म वार्ता चलेको थियो। यो वार्ता विना कुनै निष्कर्ष टुङ्गिएको थियो। प्राधिकरणका अधिकारीहरूले ठेकेदारलाई काम शुरु गर्न र कामको मापदण्ड पूरा गर्नका लागि १४ दिनको चेतावनी पत्र पठाउने तयारी गरेको छ। यदि ठेकेदारले यसलाई अस्वीकार गरेको खण्डमा सम्झौता खारेज गर्ने चेतावनी अधिकारीहरूले दिने बताइएको छ। 

यो आयोजनाको काम सन् २०१३ मा शुरु भएको थियो। यसबाट सन् २०१६ मा विद्युत् उत्पादन शुरु हुने अनुमान गरिएको थियो। भूकम्प र जमिनको क्षतिपूर्तिको विवादको कारण यसको म्याद सन् २०१८ नोभेम्बरसम्मका लागि सारिएको थियो तर अहिलेसम्म यसको भौतिक काम ४२ प्रतिशत मात्र सकिएको छ। 

यो आयोजनाबारे अनिश्चितता बढेपछि नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले क्षेत्र निरीक्षण गरेका थिए। उनी निर्माणको निरीक्षणका लागि पुग्दा केही मात्र कामदारहरु काम गरिरहेका थिए। स्थानीयले चिनियाँ कामदारले नियमितरुपमा काम नगर्ने गरेको बताएका थिए। 

ड्यामनिजकै विद्युतको सहज व्यवस्था छ तर ठेकेदार कम्पनीले जेनेरेटरको प्रयोग गर्ने गरेको छ। कुलमान घिसिङले अधिकारीहरुलाई ठेकेदार कम्पनीलाई काम सुचारु गर्न र मापदण्डअनुसार काम गर्न चेतावनीसहितको पत्र पठाउन निर्देशन दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ