arrow

तीव्र गतिमा कार चलाउने सांसदले कारबाहीबाट बच्न बोलिन् झूट, खोसियो सांसद पद

logo
प्रकाशित २०७६ वैशाख २३ सोमबार
recall-pition.jpg

काठमाडौं ।  एक महिला सांसदलाई झूटो बोल्नु महंगो परेको छ । त्यसका लागि उनको सांसदको पद नै रद्द गरिएको छ ।  सन् २०१७ मा इङल्याण्डको पीटरबरोबाट सांसद रहेकी फियोना ओनासान्याले तिब्र गतिमा कार चलाएको कारबाहीबाट बच्नको लागि झूट बोलेकी थिइन् । सो मामिलामा दोषी पाइएपछि उनलाई जेल सजाय सुनाइएको थियो । जसपछि आम नागरिकहरुले उनलाई सांसदबाट फिर्ता पठाउन माग गरेका थिए ।

मीडिया रिपोर्ट्सका अनुसार फियोनालाई हटाउनको लागि करीब १९ हजार मानिसले हस्ताक्षर गरेका थिए । जुन कुल मतदाता को  २७.६ प्रतिशत हो । 'रिकल पिटीशन' बाट कुनै पनि सांसदलाई हटाउनको लागि १० प्रतिशत मतदाताहरुको हस्ताक्षरको आवश्यकता पर्छ ।

फियोना ओनासान्या ब्रिटेनको पहिलो यस्तो सांसद हुन् जसलाई आम नागरिकहरुले 'रिकल पिटीशन' लगाएर सांसद पदबाट हटाएका छन् ।  ब्रिटेनमा यो कानून सन् २०१५ मा लागु गरिएको थियो । हाउस अफ कमन्सका सभामुख  जोन बरकावले फियोनालाई सांसदबाट फिर्ता पठाइने भन्दै पीटरबरोमा उपचुनावको घोषणा गरेका छन् ।

ब्रिटेनमा पहिलो पहिलो पटक सन् २०१५ मा प्रधानमन्त्री डेविड क्यमरुनले 'रिकल पिटीशन' को कानून संसदमा प्रस्तुत गरेका थिए । उक्त कानूनलाई विशेष परिस्थितियहरुमा प्रयोग गर्न सकिनेछ । कुनै सांसदलाई अपराधमा दोषी पाए वा जेल जाने स्थितिमा सांसदबाट फिर्ता गर्न सकेनेछ ।

ब्रिटेनमा पहिलो पटक सन् २०१८ मा 'रिकल पिटीशन'को प्रयोग गरिएको थियो । यसको माध्यमबाट उतर एन्ट्रिमका सांसद इयान पैसलेलाई हटाउने प्रयास गरिएको थियो । उनीले श्रीलंका सरकारको तर्फबाट दुई बिदाको रकम उठाएको सम्बन्धी जानकारी संसदलाई दिएका थिएनन् । जसकारण उनी विरुद्ध 'रिकल पिटीशन' लगाइएको थियो । तर १० प्रतिशत मतदाताहरुको हस्ताक्षर नपुगेपछि उनको सांसद पद जोगिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ