arrow

फेसबुकविरुद्ध जरिवाना र जुकरवर्गमाथि कारबाहीबारे बढ्यो मतभेद

logo
प्रकाशित २०७६ वैशाख २३ सोमबार
mark-zuckerberg.jpg

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकविरुद्ध कडा कारबाहीको मामिलामा अमेरिकी नियामक संस्था फेडेरल ट्रेड कमिशन (एफटीसी)मा मतभेद देखिएको छ । कम्पनीले गत अप्रिलमा प्रयोगकर्ताको निजी विवरण दुरुपयोगबाट पार पाउनका लागि उल्लेख्य रकम खर्च  गर्न लागेको बताएको थियो ।

यसबाट नियामकले फेसबुकलाई जवाफदेहीता बढाउन दबाब दिएको खुलेको थियो । तर, पछिल्लो समय भने अवस्था त्यस्तो नरहेको देखिएको छ । केही महीनाअघि एफटीसीका कमिश्नरले फेसबुकमाथि ऐतिहासिक जरिवाना लाग्नसक्ने बताएका थिए तर पछिल्लो समय भने अधिकरीहरु दुई पक्षमा विभाजित भएका छन् ।

स्रोतका अनुसार एफटीसीमा फेसबुकमाथिको जरिवानाको विषयलाई मतभेद सिर्जना भएको हो । फेसबुकले मार्क जुकरवर्गलाई निजीरुपमा नै जवाफदेही मान्ने विषयमा असन्तुष्ट देखिएका छन् । कम्पनीका ३५ हजार कर्मचारीको गल्तीको सजाय एउटा व्यक्तिलाई दिनु उचित नहुने बताइएको छ । यस बीचमा अधिकारीको बीचमा केही दिनमा सहमति हुने अनुमान छ । त्यसपछि यसबारे निर्णय सार्वजनिक हुनेछ ।

पछिल्लो समय प्रविधिको दुरुपयोग गर्ने क्रम बढिरहेको छ । गोपनीयताको लागि नयाँ मापदण्ड आवश्यक रहेको अधिकारीहरुले बताएका छन् । यस मामिलामा कम्पनीको र कमिशनको एक सम्झौता भएको थियो । यसमा फेसबुकले अफ्नो गोपनीयतामा परिवर्तनको प्रतिबद्धता जाहेर गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ