arrow

नर्सरीमा पढ्ने विद्यार्थी चकचक गरेको भन्दै निष्कासित 

logo
प्रकाशित २०७६ वैशाख २६ बिहिबार
school.JPG

काठमाडौं । विद्यालयमा चकचक गरेको आरोपमा भीमसेनगोलास्थित कमल नेत्र छुनामुना माध्यमिक विद्यालयमा अध्ययनरत पासाङ तामाङलाई पढाइबाट वञ्चित गरेको पाइएको छ।

नर्सरीमा पढिरहेका उनलाई विद्यालय प्रशासनले कक्षामा धेरै चलेको र हल्ला गरेको बताउँदै पढाउन मानेको छैन। बच्चालाई अनुशासनमा राख्न शिक्षकलाई समेत हम्मेहम्मे परेको र साथीहरूलाई समेत पढ्न नदिएकाले तामाङलाई पढाउन नसकिएको विद्यालयको दाबी छ।

तामाङ गत वर्ष सोही स्कुलमा ‘प्ले ग्रुप’ मा भर्ना भएका थिए। यस वर्ष भने विद्यालयले पढाउन नमानेपछि अहिले परिवार समस्यामा छन्। बाबुले अर्कै श्रीमती लिएर गएपछि एक्लिएकी आमासँग बस्दै आएका तामाङको आर्थिक अवस्था कमजोर छ। गरिब परिवारकै भएका कारण तामाङकी आमा घरेलु कामदारका रूपमा भीमसेनगोलाकै जनार्दनकृष्ण श्रेष्ठको घरमा काम गर्छिन्।

तामाङको पढाइ खर्च पनि श्रेष्ठले नै बेहोरिरहेका छन्। श्रेष्ठले भने, ‘प्ले ग्रुपमा मासिक १८ सय रुपैयाँ तिरेर गत वर्षदेखि पढाइरहेको छु। तर पढाइमा राम्रो हुँदाहुँदै स्कुलले चकचक गरेको आरोपमा पढाउन सक्दिनँ भनेपछि म चकित भएँ।’ सुरुमा तामाङलाई पढाउन स्कुल लैजाँदा शिक्षक नआएकाले पढाइ सुरु नभएको बताउँदै घर फर्काउने गरेको थियो। 

कानुन के भन्छ ? 
भदौमा पारित भएको अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐनको दफा १० मा विद्यालयमा भर्ना भई आधारभूत तहको शिक्षा लिइरहेको कुनै पनि बालबालिकालाई विद्यालयबाट निष्कासन गर्न नपाइने उल्लेख छ। 

विद्यालय भर्ना भएको बालबालिकाले अनुशासनहीन काम गरेको वा खराब आचरण भएको कारणले निजलाई आधारभूत शिक्षा प्राप्त गर्न वा परीक्षा दिन रोक लगाउन नपाइने उक्त दफाको उपदफा २ मा लेखिएको छ। (अन्नपूर्ण पोष्टबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ