- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सिन्धुपाल्चोक । तातोपानी गाउँपालिका–१ राँका जन्म घर भई तातोपानी–७ सर्मीमा विवाह गरेकी न्यूनदृष्टियुक्त किशोरी गाँसबासको खोजीमा भौँतारिँदै जुम्ला सदरमुकाम खलङ्गा आइपुगेकी छन् ।
सँगै जिउने वाचा गरेर न्यूनदृष्टियुक्त मानबहादुर कुँवरसँग विवाह बन्धनमा बाँधिएकी २० वर्षीया सरिता डाँगी घर निकाला गरेपछि अलपत्र परेकी छन् ।
एक वर्षअघि कुँवरसँग विवाह गरेका उनलाई श्रीमानले घर निकाला गरेपछि आफू विचल्लीमा परेर माइतीघरमा आएको बताइन् । उनले भनिन्, “आमाबाबुले पनि बेवास्ता गर्न थालेपछि गाँसबासका लागि जोहो गर्न भौतारिएकी हुँ ।”
बाबु भारतमा काम गर्न गएका र आमाले बस्न नदिएपछि बाध्य भएर आफू निस्कनुपरेको उनले दुखेसो पोखिन् । साथमा पुरानो कपडाको कुम्लो बोकेर उनि जिल्ला प्रहरी कार्यालय अगाडि बसेर रुँदै जीवनको सहारा खोजिरहेकी छन् ।
दृष्टिविहीनभित्रै बहुविवाह र जातीय भेदभावमा परेका डाँगीका श्रीमान मानबहादुरले उनपसँग बिहे गर्नुअगाडि तिला गाउँपालिका–३ की गौजी सुनारसँग बिहे गरेका थिए ।