
काठमाडौं। टिसिएल ब्राण्डको नेपालका लागि आधिकारिक विक्रेता सिजी इलेक्ट्रोनिक्सले नयाँ फिचर सहितको स्मार्ट टिभी बजारमा ल्याउन लागेको छ। विश्वमा विक्रीको हिसाबले दोस्रो स्थानमा पुगेको टिसिएल कम्पनीले उत्पादन गरेको नयाँ फिचर सहितको टिभीमा अब आवाजबाटै च्यानल परिवर्तन गर्न मिल्ने भएको छ।
टिसिएलका विभिन्न उत्पादनहरु विगत ७ वर्षदेखि नेपालमा विक्री गर्दै आएको सिजी इलेक्टोनिक्सले ३ वर्षको वारेन्टी सहित अत्याधुनिक प्रभात बरालले जानकारी दिए । अहिले नेपाली बजारमा प्रविधिको स्मार्ट टिभी बजारमा ल्याएको कम्पनीका सहायक प्रबन्धक एलईडी, एसी र वासिङ मेसिन विक्री गरिरहेको टिसिएलले एलईडी भित्र पनि २४ ईन्चदेखि ६५ ईन्चसम्मका टिभीहरु बजारमा विक्री गर्दै आएको छ ।
बरालका अनुसार टिसिएलको एलईडी ब्राण्डभित्र पनि नर्मल एलईडी, स्मार्ट एलईडी र एन्ड्रोईड गुगल गरी ३ प्रकारका ब्राण्डहरु नेपाली बजारमा विक्री भईरहेको छ । विक्रीपछिको ग्राहकहरुको सुविधालाई बढी ध्यान दिने गरेको सिजीले नयाँ ब्राण्डको स्मार्ट टिभीमा पनि ३ वर्षको वारेन्टी र घरमै गएर मर्मत गर्ने सुविधा समेत दिने भएको छ।
अहिले ल्याउन लागेको नयाँ ब्राण्डको टिभी अनुसार रिमोर्टमा नथिचीकनै बोलेर च्यानल परिवर्तन गर्न सकिन्छ । कम्पनीका अनुसार ४० इन्च भन्दा माथिको सो टेलिभिजनको मूल्य ४०–४५ हजारको हाराहारीमा पर्न आउँछ । अबको केही समयमा नै देशको प्रमुख सबै शहरहरुमा रहेका कूल १६८ वटा आधिकारिक विक्रेताहरु मार्फत् सो टिभी विक्री गरिने कम्पनीले जनाएको छ।
अहिले टिसिएलले ल्याउन लागेको नयाँ प्रविधि सहितको स्मार्ट टिभीमा टिभी ब्राउजर, युट्युब एप र फेसबुक एप समेत डाउनलोड गरेर चलाउन मिल्छ । त्यसको लागि टिभीमा रहेको प्ले एप स्टोरमा गएर वा टिसिएलको आफ्नौ एपस्टोरमा पनि गएर विभिन्न किसिमका गेमहरु र सामाजिक सञ्जालहरु समेत सजिलै डाउनलोड र इन्सटल गर्न सकिन्छ । वायरलेस मिररिङ र स्कृन मिररिङबाट पनि स्मार्ट डिभाईस (मोबाईल, ल्यापटप र ट्यावलेट) को स्क्रिनलाई समेत जस्ताको त्यस्तै टिभी स्क्रिनमा हेर्न सकिन्छ ।
अर्कातर्फ, वाईफाई डाईरेक्टको प्रयोग गरेर पनि मोबाईलको मिडिया ठूलो स्कृनमा हेर्न सकिन्छ । यस्तो विशेषताहरु अरु ब्राण्डहरुमा पाईदैन । टिसिएलको यो टिभीमा ६ जीबीसम्म क्षमताको आन्तरिक मेमोरी रहन्छ । जसमा कुनै पनि फिल्म, संगीत, फोटाहरु र महत्वपूर्ण दस्तावेजको समेत कपि गर्न सकिन्छ ।
यसका साथै टिसिएलको स्मार्ट टिभीमा दोहोरो अडियो ब्लुटुथको अपग्रेड फ्याक्सन रहेको छ । यसबाट टिभीको अडियोलाई ब्लुटुथ स्पीकरमा सुन्न सकिन्छ र मोबाईलको ब्लुटुथद्धारा टिभीमा अडियो सुन्नपनि सकिन्छ ।
प्रतिक्रिया :