arrow

गृह मन्त्रालयको संरचनामा परिवर्तन गरिने

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
575868926.jpeg
काठमाडौँ। गृहमन्त्री शक्तिबहादुर बस्नेतले गृह प्रशासन सुधारका लागि प्रभावकारी काम गरिने बताउनुभएको छ। सुरक्षा क्षेत्र हेर्ने सञ्चारकर्मीहरुसँग भएको आजको भेटमा मन्त्री बस्नेतले सुरक्षा र सङ्गठनको नीतिगत विषयमा बाहेक आफूले सरुवा बढुवामा चासो नदिने बताउँदै सुरक्षा र सङ्गठनबीचको सम्बन्धलाई मैत्रीपूर्ण बनाउन सक्दो प्रयास गरिने प्रतिबद्धता जनाउनुभयो।
 
गृह मन्त्रालयको संरचना परिवर्तन र काम गर्ने तौरतरिकामा फेरबदल गरी मन्त्रालयको कामलाई प्रभावकारी र परिणाममुखी बनाइने उहाँले बताउनुभएको गृहमन्त्रीका प्रेस सहयोगी रोशन खड्काले जानकारी दिनुभयो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ