arrow

डब्लुटिओको मन्त्री स्तरीय बैठक आगामी साता भारतमा

logo
प्रकाशित २०७६ वैशाख २८ शनिबार
wto.jpg

विश्व व्यापार संगठन। विकासोन्मुख तथा अति कम विकशित मुलुकहरूको मन्त्रीस्तरीय बैठक आगामी साता भारतको नयाँ दिल्लीमा आयोजना हुने भएको छ। भारतको आतिथ्यमा यही मे १३ र १४ गते हुन लागेको उक्त बैठक सहभागी मुलुकका आर्थिक तथा व्यापारिक समस्यालाई छलफल तथा समाधान गर्नका लागि एउटा विशेष अबसर हुने भारतीय स्रोतहरूले शुक्रबार बताएका छन्।

“बैठक डब्लुटिओमा समस्याका रूपमा देखिँदै आएका विविध बिषयमा विकासोन्मुख तथा अति कम विकशित मुलुकहरूको साझा चासोबारे छलफल गर्ने संयुक्त मञ्च हुनेछ,” भारतीय बाणिज्य तथा उद्योग मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा बैठक बहुपक्षीय कानूनमा आधारित व्यापार प्रणालीले गम्भीर समस्या झेलिरहेका समय हुन लागेकाले यसबाट गरिब तथा अति कम विकशित मुलुकको समस्याहरूले प्रवेश पाउने अपेक्षा सहभागी मुलुकहरूको रहने र यसमा गम्भीर छलफल गरिने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ