arrow

मदन भण्डारी र दाशढुङ्गाको चक्रवती व्याज कहिलेसम्म ?

logo
दामोदर भट्टराई (बद्री),
प्रकाशित २०७६ जेठ ३ शुक्रबार
madan-ashrit.jpg

तत्कालिन एमाले महासचिव मदन भण्डारी र जिवराज आश्रीत सवारी दुर्घटनामा परेको दिन, देशल सम्भावना बोकको नेताद्धय गुमाएको दिन थियो। २०५० जेष्ठ ३ को दुर्घटना आज २०७६ सम्म आइपुग्दा चर्चाको केन्द्रमा रह्यो । जसलाई नेपाली काँग्रेसले दाशढुङगा सवारी दुर्घटनाको रुपमा व्याख्या गर्यो । तत्कालिन एमालेले उक्त घटनालाई राजनैतिक षडयन्त्र भन्दै हत्याको रुपमा चित्रित गर्यो ।

तत्कालनि प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको बहुमतीय सरकारलाई हनिमुन पनि मनाउन नदिने उद्घोष सहित २९ दिनमा सरकार ढाल्ने भन्दै काठमाडौका रेलिङ्हरु भाच्ने र सरकारी कर्मचारीहरुलाई सरकार विरुद्ध मैदानमा उर्ताने व्यवस्थाको सुरुवात भण्डारी नेतृत्वको प्रतिपक्षबाट भएकै हो । ६९ सिट प्राप्त एमालेले ११३ सिट प्राप्त गरेको सरकार गिराउने खेल खेल्न लागेको थियो I

२०४८ को मध्यसमय देखी सुरुभएको सरकार र प्रतिपक्षको लडाई २०५० जेष्ठ ३ गते भण्डारीको दुर्घटनाबाट राजनैतिक प्रपञ्चमा प्रयोग भएको स्पष्ट हुन्छ । खटपट राजनीतिमा प्रतिपक्ष दलका शिर्ष नेताको दुर्घटनालाई हत्याको श्रृखलामा जोडेर राजनीति दाउपेचका लागि खेलिएको खेल यहाँसम्म पुग्नेछ भनेर न नेपाली काँग्रेसले आंकलन गर्न सक्यो न त एमालेले नै त्यो आंकलन गर्न सकेको देखियो । तत्कालिन सरकारको प्रचण्डराज अनिल आयोगले ड्राइभरको लापरवाहीबाट घटना घटेको रिर्पोट सार्वजैनिक गर्यो , एमालेले त्यसलाई स्विकार्न मानेन उसले सर्वोच्चको वहालवाल न्यायाधिशको अध्यक्षतामा उच्चस्तरीय आयोग गठनको माग गर्यो र संगै सरकार विरुद्ध आन्दोलनको उदघोष पनि गर्यो ।

एक दुर्घटना ३ प्रहार 
१. तत्कालिन सरकारले गठन गरेको अनिल आयोगको सवारी दुर्घटना रिर्पोट मान्न एमाले तयार भएन ।

२. सरकारलाई वहालवाला न्यायधिशको संयोजकत्वमा छानविन आयोग बनाउन बाध्य बनाइयो ।  

३. एमाले आफैले स्थायी समिति सदस्य हालका प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा आयोग निर्माण गरेर, सबै तर्फबाट सरकारलाई उक्त घटना सुनियोजित, प्रायोजित र षडयन्त्रमुलक थियो भन्ने  बनाउन एमाले सफल रह्यो । त्यसैको कारण स्वरुप एमालेले तत्कालिन सरकार विरुद्ध सुरु गरेको काठमाडौं जाऔं नारा  धेरै पछि सम्म पनि चर्चामा रहेको थियो । 

सरकार दुर्घटना भएको भन्ने, एमाले हत्या भएको हो भन्ने, यो अवस्थामा सरकार र एमाले विच १७ चरणमा ५३ घण्टा वार्ता भएको जानकारहरुको भनाई छ । शोकलाई शक्तिमा बदल्ने भन्दै भरपुर रुपमा कार्यकर्ता परिचालन गरेर आन्दोलन गरेको एमालेले भिसेरा परीक्षण  र  सर्वोच्चका बहालवाल न्यायाधिशको संयोजकत्वमा छानविन आयोग बनाउने सहमती सहित ३ महिनासम्म सञ्चालन गरेको आन्दोलनमा सहमती जनायो । त्यससंगै सम्झौताका विषयमा महंगी नियन्त्रण, टनकपुरा बाँध, शिक्षा नियमावली  आन्दोलनका क्रममा पक्राउ परेका निजामती कर्मचारीको रिहा लगायतका विषयमा समेत सहमती भयो र आन्दोलन रोकियो । २०४८ देखी २०५१ को काँग्रेसको सुविधाजनक बहुमत राजनैतिक कपट हुदै मदन भण्डारीको दुर्घटनाबाट निर्वाचनको मुखसम्म पुगेको थियो । आफ्ना नेताको दुर्घटनालाई घटना बनाएर आन्दोलन छेड्दै निर्वाचनको समयमा  नेकपा एमालेले सार्वजनिक गरेको घोषणा पत्रमा ६९ स्थानमा काँग्रेसका विरुद्धमात्र शब्दहरु खर्चिएको चर्चा पनि कम रोचक छैन । 

प्रथम पटक सरकारको हनिमुन पिरियडलाई रोक्ने , २९ दिनमा सडकका रेलिङ्हरु भाच्ने, अनि सरकारका विरुद्ध निजामती कर्मचारी प्रयोग गर्ने अनि सोहि समयमा भएको दुर्घटनालाई प्रायोजित भन्दै हत्याको रुप दिएर सरकारलाई नैतिक रुपमा कमजोर बनाइ २०५१ निर्वाचनमा एमालेलाई पहिलो पार्टीका रुपमा स्थापित गर्न सक्ने क्षमता वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देखाएका हुन । यदि त्यसो नहुँदो हो त तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीका समयदेखी हाल स्वयम केपी शर्मा ओली नै प्रधानमन्त्री रहँदा हत्याका विषयमा मौनता साच्नु के आफैमा लज्जाको विषय होइन र ?

मध्यावधी निर्वाचनबाट प्रतिपक्ष बन्न पुगको काँग्रेसले पुन मनमोहन अधिकारी सरकार समक्ष दाशढुङ्गा प्रकरणको विषयमा स्पष्ट धारणा सार्वजनिक माग गरेको थियो । सरकारले त्यसको न जवाफ दिन सक्यो न कुनै आयोग निर्माण गरेर सत्यतथ्य पत्ता लगाउन खोज्यो, ति चरणहरुलाई धकेल्दै जाँदा  २०५२ जेठको विशेष अधिवेशन आव्हान भएपश्चात प्रतिनिधी सभा विघटन हुन पुग्यो । 

२०४८ देखी २०५२ सम्म अनुत्तरीत दाशढुङ्गा घटनालाई एमालेले कति पटक प्रयोग गर्यो, यो नेतृत्वले नै जवाफ दिन विषय हो । सम्माननीय विद्यादेवी भण्डारीका राजनैतिक जिवनमा उक्त दुर्घटनाको मुल्य कति सम्म  रह्यो यो पनि सम्माननीयज्यूले बताउने कुरा रह्यो जहाँसम्म जबजको आधार स्तम्भमा राजनीति गर्ने र अझै पनि कम्युनिष्ट सिद्धान्तमा रहने न्युन संख्याका साधारण कार्यकर्तारुले यो बुझ्नु जरुरी छ कि दाशढुङ्गा हत्या थिएन, दुर्घटना थियो । काँग्रेस सरकारले सोहि समयमा यसलाई दुर्घटना भनिरहंदा आज सम्म पनि एमाले शिर्ष नेतृत्वले आफ्ना कार्यक्रताहरुलाई आफ्नै नेताको नाममा झुक्काईरहनु किमार्थ सहि होइन । यदि यो हत्या थियो भने एमालेका हरेक सरकारहरु यसमा मौन हुदैन थे । यदि आफ्नो नेताको पिडावोध भएको भए अत्यन्तै सानासाना विषयमा प्रतिस्पर्धी पार्टीलाई निम्छरा र घटिया देख्ने आँखाहरुले पातालमा गए पनि छोड्दैनथ्ये होला ।

एक प्रसंगमा टेलिभिजन अन्र्तवार्तामा प्रधानमन्त्रीज्यूले भन्नु भएको लाईन स्मरणमा छ ,९० मिनेटको खेलमा कतिपटक फल भए होला, प्रतिस्पर्धीलाई लडाईयो होला,  त्यो खेल जित्नका लागि गरिएको प्रयोग हो खेल सकियो त्यसलाई भुलिदिउँ  अब नयाँ कोर्ष सुरु भयो । 

२६ वर्ष भित्र भएका कम्युनिष्ट आन्दोलन, सरकार, राज्य र सत्तामा केपी शर्मा ओलीज्यूको प्रभाव र दवाव जसरी रह्यो त्यसका हरेक आत्माहरुमा मदन भण्डारी र आश्रीतका आवाजहरु चिच्चाइएका थिए । आज पनि भण्डारी र आश्रीतका आत्माहरु कम्युनिष्ट आन्दोलनमा कहिकहि भेटिरहेका छन ।  सहि अर्थम श्रदाञ्जली अपर्ण गरेर उनिहरुको आत्मालाई शान्ती मिल्ने एउटै मार्ग छ अब दाशढुङ्गा चक्रवती व्याजलाई यहाँ गएर समाप्त गरौ ।  



नयाँ