arrow

दुई वर्षभित्र आधा स्मार्टफोनमा ३ भन्दा बढी क्यामेरा

logo
एजेन्सी
प्रकाशित २०७६ जेठ ४ शनिबार
triple_camera.png

काठमाडौं । अहिले स्मार्टफोन निर्माताको बीचमा क्यामेराको विषयलाई लिएर प्रतिस्पर्धा हुने गरेको छ । ग्राहकको ध्यान आकर्षित गर्न स्मार्टफोन कम्पनीले धेरै क्यामेराको फिचर्स भएको स्मार्टफोन ल्याउने गरेका छन् ।

यसैबीच सार्वजनिक भएको एक प्रतिवेदनले सन् २०२१  सम्म विश्वभर बिक्ने स्मार्टफोनमा करीब आधा स्मार्टफोनमा तीन वा सोभन्दा बढी क्यामेरा रहने देखाएको छ । पछिल्ला समय तनिओटा क्यामेरा भएका स्मार्टफोनमा ग्राहकहरु आकर्षित देखिएका छन् । एक अध्ययनअनुसार सन् २०१८ मा बिक्री भएका केवल ६ प्रतिशत स्मार्टफोनमा तीन वा सोभन्दा बढी क्यामेरा थिए । 

सन् २०१९ मा यो संख्या १५ प्रतिशतसम्म पुगेको छ । जबकी २०२० को अन्तिमसम्म यो संख्या ३५ प्रतिशत पुग्ने अनुमान छ । 

पहिला निकै महँगा स्मार्टफोनमा मात्र ड्युल क्यामेरा हुन्थ्यो तर अहिले सस्तो मूल्यका तीन वा सोभन्दा बढी क्यामेरा भएका स्मार्टफोन बजारमा सार्वजनिक भएका छन् । 

यस वर्षको अप्रिलसम्ममा सार्वजनिक भएका ४० भन्दा बढी स्मार्टफोनमा तीन वा तीनभन्दा बढी क्यामेरा छन् । यसमा ३० भन्दा बढी मार्चसम्ममा सार्वजनिक गरिएको थियो । 

यस्तो गर्नेमा हुवावेई र  सामसुङ सबैभन्दा अगाडि छन् । पछिल्लो समय क्यामेर सेन्सरमा पनि स्मार्टफोन निर्माताले ध्यान दिँदै आएका छन् ।  सन् २०२० सम्म १ सय मेगापिक्सल सेन्सर भएकोे क्यामेरा आउन सक्ने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ