arrow

इन्धन अभावले पाँचथरका होटलहरु बन्द हुँदै

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1916051998.jpeg
जितेन्द्र भण्डारी, पाँचथर । पाँचथरका प्रतिष्ठित होेटलहरु धमाधम बन्द हुन थालेका छन् । भिभिआइपीहरु बस्ने जिल्लाका सुविधा सम्पन्न होटलमध्येमा पर्ने होटल अजिःमा विहिबार देखि बन्द भएको छ । ग्याँसको अभाव भएपछि दाउराको सहज उपलव्धता नहुने र उपलव्ध भएपनि झन्झटिलो हुने भएपछि ग्याँस नपाइञ्जेल होटल बन्द गर्नु परेको होटल सञ्चालक विमल श्रेष्ठ बताए ।

ग्याँसको आयात करिव २ महिनादेखि ठप्प हुँदा खाली सिलिण्डरहरु ग्याँस व्यवसायीकामा थन्किएका छन् । आएका ग्राहकहरुलाई समेत पकाएर दिनुपर्ने खाना,नास्ता दिन नसकिने भएपछि बन्द गर्नु परेको श्रेष्ठको भनाई छ । जिल्लाकै नामी होटलमा पर्ने होटल युकेको पनि हालत उस्तै छ । होटल सञ्चालक हाङनारायण हाङ्सारुम्बा पनि ग्याँस नभएपछि झापाको विर्तामोडतिर ग्याँसको खोजीमा लागेका छन् । कलिहेकाँही अवैध रुपमा जिल्ला भित्रिएका ग्याँसहरु पत्तै नपाई ग्याँस विक्रेताहरुले रातारात विक्री गर्दा धेरै उपभोक्ताहरुले खाली हात फर्किने गरेका छन् । होटल सगुन बन्द भएको निक्कै भयो । तमोर होटल एण्ड रेष्टुरेण्टले एक महिना अघि देखि दाउरा वालेर ग्याँसको विकल्प खोजेकोे छ ।

होटल सञ्चालक चन्द्र योङयाले ग्याँस अभावले होटलमा आएका ग्राहकहरुलाई दाउराको प्रयोग गरेरै भएपनि खाना,नास्ताको व्यवस्था गर्दै आएको बताए । पूर्वकै प्रशिद्ध तीर्थस्थल ताप्लेजुङको पाथिभरा जाने तीर्थालुहरुको घुँइचो लाग्ने कार्तिक महिनामा डिजेल र पेट्रोल अभाव चर्किँदा फिदिमका होटलहरु सुनसान जस्तै छन् । अघिल्ला वर्षहरुमा नेपालको विभिन्न जिल्ला सहित भारतको सिक्किम,दार्जि्लिङ,असाम,मेघालय लगायतका धेरै ठाउँबाट तीर्थालहरु फिदिम हुँदै जाने गरेका थिए । तर यसवर्ष इन्धन अभावले गर्दा अत्यन्तै पातलो रुपमा आउने गरेको र आउनेहरुलाई पनि सोचे अनुसारको सुविधा दिन नसेको होटल व्यवसायीहरु बताउँछन् ।   

होटल सरगमका सञ्चालक तथा होटल व्यवसायी सँघका जिल्ला अध्यक्ष महेन्द्र थाम्सुहाङले धेरैजसो होटलहरु भाडामा सञ्चालन भएको र केही होटलहरु वैँकबाट ऋण लिएर बनाएको हुँदा वैँकमा किस्ता बुझाउने होटलहरुलाई समस्या रहेको गुनासो गरे । अव केही महिना यस्तै समस्या जारी रहे होटल व्यवसाय बन्द गर्नुको विकल्प नरहेको उहाँले धारणा राखे । विहिबारसम्म पनि ग्याँस कतैबाट उपलव्ध नभए होटल बन्द गरेर चुपचाप बस्ने उनको भनाई छ । इन्धन अभावले तिहारको पूर्वसन्ध्यामा होटल व्यवसायीहरुसँगै यातयात व्यवसायी र सर्वसाधारणलाई पनि उत्तिकै प्रभावित भएका छन् । जिल्लाका सरोकारवालाहरुले सरकारले पेट्रोलियम पदार्थ काठमाण्डौँमा मात्रै केन्द्रित नगर्न माग समेत गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ