arrow

जहाँ मृत्युपछि पनि राजीव गान्धीले चुनाव जितेका थिए

logo
प्रकाशित २०७६ जेठ १० शुक्रबार
rajiv-gandhi.jpg

काठमाडौं । भारतस्थित उत्तर प्रदेशको अमेठी संसदीय क्षेत्र भारतीय सत्ताको यस्तो एउटा उपकेन्द्र हो जहाँको भेटको शक्तिले प्रधानमन्त्री जन्माएको छ । अमेठी, नेहरू–गान्धी परिवारको परम्परागत चुनाव क्षेत्र बन्दै आएको छ । यहाँको विरासत, गान्धी परिवारकै वरिपरि घुम्दै आएको छ । यसपाली अमेठीबाट कांग्रेस अध्यक्ष राहुल गान्धी चुनाव लडे । तर उठ्न सकेनन् ।  राहुललाई केन्द्रीय मन्त्री, टीभी कलाकार स्मृति ईरानीले पछारिन् ।  

नेहरू गान्धी परिवारसँग जोडिएकै कारण पनि अमेठीसँग राजनीतिका थुप्रै कथा जोडिएको छ । तीमध्येको एउटा सत्य कथा १९९१ को चुनावसँग जोडिएको छ । ती उम्मेदवारले आफ्नो चुनाव जित्ने त निश्चित थियो, तर जीतको उत्सव मनाउनका लागि उपस्थित हुन पाएनन् । चुनावको नतीजा घोषित हुनु केही दिन अघिमात्र उनको हत्या भएको थियो । उनको नाम राजीव गान्धी थियो । त्यो वर्ष १९९१ को थियो । दशौं लोकसभाको गठनका लागि चुनाव घोषणा भइसकेको थियो । अनि पूर्व प्रधानमंत्री इंदिरा गान्धीका पुत्र राजीवा गान्धी आफ्नो परम्परागत सीट अमेठीबाट चुनाव लड्दैथिए ।

चन्द्रशेखरले १९९१ को मार्चमा राजीनामा दिइसकेका थिए । भारतमा  साम्प्रदायिक धुव्रीकरण र जातीय गोलबन्दी  चरम अबस्थामा थियो । भारतीय जनता पार्टीको अगुवाइमा राम मन्दिरको आन्दोलन उछालेको थियो । भारत जातीय और धार्मिक गोलबन्दीको भूमरीमा थियो । 

यस्तो विषम परिस्थितिमा लोकसभा चुनाव हुँदैथियो । मतदानको पहिलो चरण २० मे मा भएको थियो । पहिलो चरणकमा २११ सीटमा मतदान भयो । कूल ५३४ निर्वाचन क्षेत्रका लागि मतदान हुने थियो । पहिलो चरणको मतदान सकिएको भोलिपल्ट राजीव गान्धी चुनाव प्रचारका लागि गएको बेला, चेन्नईबाट ४० किलोमिटर परको श्रीपेरुन्बदूरमा श्रीलंकाली पृथकताबादी समूह लिट्टेको आतंकबादी निशानमा परे । पूर्व प्रधानमन्त्री राजीव गान्धीलाई माला लगाइ दिने बहानामा लिट्टले आत्मघाती बम हमला गरेर हत्या गर्याे । 

यो दर्दनाक घटनाले पुरै भारत सन्नाटा छायो । यो अप्रत्याशित घटनापछि चुनाव स्थगित भयो । अन्तमा १२ र १५ मेको वीचमा बाँकी ३२३ सीटका लागि चुनाव भयो । यो चुनावको नतीजा पनि मन छुने खालको रह्यो ।

जुन क्षेत्रमा राजीव गान्धीको हत्या भएको थियो, त्यहाँ कांग्रेसको हालत गिर्दो अबस्थामा थियो । तर गान्धीको हत्या भएपछि जहाँ मतदान भयो, त्यहाँ कांग्रेको पक्षमा जबरजस्त सहानुभूति देखियो । 

कूल खसेको मतमध्ये राजीव गान्धीको पक्षमा ५३ प्रतिशत आयो । गान्धी आफ्नो निर्वाचन क्षेत्र अमेठीबाट मरणोपरान्त विजयी घोषित भए । भारतीय चुनाव आयोगका अनुसार उनले त्यो बेला अमेठीबाट १ लाख ८७ हजार १३८ भोट पाए । उनले कुल खसेको मतमध्ये ५३ दशमलब २३ प्रतिशत मत पाएका थिए । 

दोश्रो स्थानका बीजेपी रविन्द्र प्रतापले, ७५ हजार ५३ भोट पाएका थिए । चुनाव आयोगले गान्धीलाई १ लाख १२ हजार ८५ भोटको अन्तरले विजयी भएको घोषणा ग¥यो । यो चुनावमा कांग्रेसलले २३२ सीट जित्यो । पछि चुनाव गराइएको पंजाबको १२ सीट पनि सबै कांग्रसले जित्यो । अर्थात् कांग्रेको कूल संख्या २४४ भयो । 

राजीव गान्धीको हत्यापछि नरसिम्हा राव कांग्रेस संसदीय दलका नेता चनिए । संसदीय दलको नेता बनेपछि नरसिम्हा रावले सानासाना दलको समर्थन लिएर कांग्रेसकै सरकार बनाउने दाबी पेश गरे । रावको दाबी  राष्ट्रपतिले स्वीकार गरे । उनकै नेतृत्वमा अल्पमतको सरकार पुरै पाँच वर्ष टिक्यो । गान्धीले चुनाव लडेको अमेठीको उपचुनावमा कांग्रेसबाट टिकट पाएका क्याप्टेन सतीश शर्माले चुनाव जिते । (एजेन्सीको सहयोगमा)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ