arrow

पुन प्रयोग गर्न मिल्ने प्याड बनाउन महिलालाई तालिम

logo
प्रकाशित २०७६ जेठ १४ मंगलबार
pad3.jpg

काठमाडौं । काठमाडौंमा विभिन्न स्थानमा महिनावारी स्वच्छता व्यवस्थापन तथा कपडाको प्याड बनाउने तालिम दिइएको छ। विभिन्न डिजाइनका कपडाको प्याड महिला आफैले तयार गरि त्यसलाई धोएर पुन प्रयोग गर्न मिल्ने र लगाउदा सहज हुने प्रकारको स्यानिटरी प्याड बनाउन तालिम दिइएको सामाजिक अभियन्ता एवं साझा विवेकशील पार्टीकी काठमाडौं जिल्ला संयोजक अनुपा श्रेष्ठले बताइन् । स्थानीय स्तरमा खरिद गरि प्रयोग गर्न सक्ने सामग्रीहरु वडास्तरमा स्थानीय स्वयंसेवी प्रशिक्षकबाट तालिम दिइएको संयोजक श्रेष्ठको भनाइ छ।

तालीममा ९४ जना महिला तथा किशोरी सहभागी थिए। तालिममा महिनावारी हुँदा गर्व गर्ने, महिनावारी हुँदाको समयमा गरिने विभेदलाई हटाउँदै खानेपानी, सरसफाइ, शिक्षा, स्वास्थ्य, आत्म सम्मानपूर्वक बाँच्न पाउने जस्ता मानव अधिकार प्राप्त गर्न अग्रसर गराउन र महिनावारी हुँदाको समयमा आवश्यक सरसफाइ, आराम र खानपान तथा कठिनाई व्यवस्थापनका विषयमा समेत छलफल गरिएको थियो।

किशोरी तथा महिलाको स्वास्थ सबैको दायित्व भन्ने नाराका सुरु गरिएको अभियान अन्र्तगत पुनः प्रयोग गर्न मिल्ने स्यानिटरी प्याड बनाउन सिकाइएको हो। तालिमबाट कपडाको प्याड बनाउने सीप आर्जन गर्न पाएकोमा खुसी भएको महिला र किशोरीहरुले बताएका छन्।

लामो समयदेखि सचेतनामुल अभियान सञ्चालन गर्दै आउनुभएकी अभियन्ता अनुपा श्रेष्ठले काठमाडौं उपत्यकाको विभिन्न नगरपालिका, महानगर र रसुवामा गर ११ वटा स्कुल र कलेजका विद्यार्थींसंग अन्तरक्रिया गरि उनिहरुको समस्या बुझेर निशुल्क सेनेटरी प्याड समेत वितरण गरिएको बताइन्।

संयोजक श्रेष्ठ भन्छिन् –“हरेक पटक सरकारी स्कुलका छात्राहरु सँग रजस्वलाको बिषयमा अन्तरकृया गर्दा कसै न कसैले मैले खाजा खाने पैसा बचाएर स्यानिटरी प्याड किन्ने गर्छु भन्छन् । मैले गरेको अभियानका दौरान यो कुरा सुन्दा नरमाइलो लाग्यो, अझै पनि बालिका र महिलाको स्वास्थ र आवश्यकता धेरै नेताहरुलाई प्राथमिकतामको बिषय नै होइन भन्ने लाग्दो रहेछ। अब उनिहरुले खाजा खर्च कटौती नगरी प्याड सहजै तयार पार्न सक्छन्।, यो अभियानमा मलाइ महिला दिदीबहिनीको साथ र सहयोग मिलेको छ। उहाहरुप्रति आभार छ ।” उनी थप्छिन् –“महिलासंग सम्बन्धित स्वास्थ, शिक्षा या आर्थिक सशक्तिकरण हामी सबैको सरोकारको बिषय हो ।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ