arrow

बजेटबारे मिनेन्द्रको टिप्पणी, 'सजिलो सिरानीमा सुतेजस्तै'

logo
प्रकाशित २०७६ जेठ १५ बुधबार
MINENDRA-RIJAL.jpg

काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आलोचना गरेको छ । बजेट भाषण पछि पत्रकारहरुसँगको कुराकानीका क्रममा काँग्रेस सांसद मिनेन्द्र रिजालले सरकारले लक्ष्य लिए अनुरुपको खर्च धान्ने राजश्व उठाउन नसक्ने दाबी गरे । छायाँ सरकारका अर्थमन्त्री समेत रहेका नेता रिजालले यो बजेट सजिलो सिरानीमा सुतेजस्तो रहेको टिप्पणी पनि गरेका छन् । 

सजिलो सिरानीमा सुतेको भन्ने उक्तिलाई विश्लेषण गर्दै नेता रिजालले सरकार आफ्नो दायित्व कम गरी विप्रेषण रकमलाई चक्रिय रुपमा प्रयोग गरेर बजेटमा समावेश गरिएको भन्दै यसलाई सजिलो सिरानीमा सुतेजस्तो टिप्पणी गरेका हुन् । उनले विदेशमा बसेका नेपालीहरुले पठाएको रेमिट्यान्सको रकमलाई बजेटको ठूलो हिस्सा मानेर सरकारले गफ भने ठूलो दिने गरेको आरोप पनि लगाए ।

उनले सरकारले दाबी गरेजस्तो वैदेशिक ऋण झट्टै बढ्नसक्ने अवस्था नरहेको भन्दै हरेक वर्ष ५ लाख रोजगारी सिर्जना गर्ने कुरा सरकारको यो वर्षको कामलाई हेर्दा सम्भव नदेखिएको बताए । सरकारको यो बजेट धरातलमा नटेकेर ल्याईएको भन्दै यो देशकै लागि समेत घातक हुनसक्ने उनको बुझाई छ । सरकारले टेकेको फल्याक नै भाँचिन लागेको भन्दै धरातललाई नटेकी ल्याएको बजेटले देशमा दिगो विकास सम्भव नरहेको उनले बताए । 

यो सरकारले कहिलै पनि लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित भन्ने शब्द प्रयोग गर्न नचाहने भन्दै यसको बजेटमा पनि लोकतान्त्रिक मूल्य र मान्यता भन्ने शब्द प्रयोग नगरिनु दुखद् रहेको बताए । सरकारको पछिल्ला गतिविधि र उसले लोकतन्त्र भन्ने शब्द नै प्रयोग गर्न नचाहनुले सरकारलाई लोकतन्त्रप्रति विश्वास नै नरहेको प्रष्ट भएको उनले बताए । सरकारले यो वर्ष साढे ४ प्रतिशत ननाघेको मुद्रास्फीति दर आगामी आर्थिक वर्षमा भने ६ प्रतिशत पुग्ने आकलन गरेको छ । यो जनतालाई मूल्य बृद्धिमा राख्ने मेसो रहेको भन्दै उनले यसको पनि आलोचना गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ