arrow

बालकको मृत्युपछि आफन्तले अस्पतालमा होहल्ला गरेको भन्दै छ जना पक्राउ, पीडित बाबुको हारगुहार

logo
प्रकाशित २०७६ जेठ १७ शुक्रबार
Bharatpur-hospital-nea.jpeg

चितवन । भरतपुर अस्पतालमा उपचारका क्रममा बालकको मृत्युपछि होहल्ला गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ । मृत्यु हुनेमा रौतहट जिल्ला चन्द्रपुर नगरपालिका–५ बस्ने प्रकाश बस्नेतका १४ महीनाका छोरा हुन् । 

निमोनियाका कारण उपचारका लागि जेठ १४ गते भरतपुर अस्पताल ल्याइएका बालकको उपचारका क्रममा बिहीबार साँझ मृत्यु भएको थियो । 
    
बालकले आमाको दूध खाने समयमा दूध सर्किएर मृत्यु भएको अस्पतालले जनाएको छ । बालकको मृत्युपछि बालकका आफन्त र सर्वसाधारण चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित बनेका थिए । 

आक्रोशित भीडलाई नियन्त्रणमा लिने क्रममा बिहीबार साँझ प्रहरीले सामाजिक अभियन्ता अर्जुन भुसालसहित छ जनालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । 

पीडित बाबु प्रकाशले भने चिकित्सकको लापरबाहीका कारण छोराको मृत्यु भएको आरोप लगाएका छन् । उनले आफ्नो छोरालाई किन यस्तो गरेको भनी प्रश्न गर्दा प्रहरी बोलाएर आफ्ना ८ जना आफन्तलाई प्रहरीले लगेको बताएका छन् । 

पीडित बाबुले भनेका छन्, ‘लास लैजा भनेर पुलिसको फोर्स युज गरेर तनाव दिएको छ । मलाई सघाउनुस् ।’   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ