arrow

ग्रामिण र दुर्गममा इन्टरनेट पुर्‍याउन नेविसंघको दवावमुलक होली कार्यक्रम

logo
प्रकाशित २०७२ चैत ९ मंगलबार
holi-nsu.jpg.jpeg
काठमाडौं। पार्टीको नयाँ नेतृत्व आएसँगै भातृ संस्थाको ६ महिनाभित्र महाधिवेशन गराउने निर्णय भएसँगै काँग्रेसका भातृ संस्थाहरुको गतिविधी वढ्न थालेको छ। नेपाल विद्यार्थी संघ पनि आफ्ना गतिविधीहरुलाई वढाउने क्रममा सांस्कृतिक चाडहरुमा पनि सक्रिय हुन थालेको छ। 
 
नेविसंघले यो बर्षको फागु पूर्णिमामा होली मनाउँदै गर्दा नेपालका प्रत्येक गाउँमा इन्टरनेट पुर्‍याउने गरि सरकारले काम गर्नुपर्ने नारालाई अगाडी सारेको छ। उसले नेपाल दुरसञ्चार प्राधिकरणको ग्रामिण दुरसञ्चार कोषमा जम्मा भएको ११ अर्व भन्दा वढी रकमलाई ग्रामिण क्षेत्रमा इन्टरनेट विस्तारको लागि खर्च गर्न दवाव दिने गरि अभियान शुरु गरेको छ। 
 
नेविसंघका नेता ऋषिकेश शाहले ग्रामिण जनतालाई सूचनामा पहुँच पुर्‍याउनका लागि सरकारले खर्चै गर्नुपर्ने रकम खर्च नगरेर ग्रामिण जनतामाथि अन्याय गरेको भन्दै आफूहरुले यस मुद्धालाई राजनीतिक मुद्धा बनाउने बताए। 
 
शंकरदेव क्याम्पसमा होली खेल्न जम्मा भएका विद्यार्थीहरुले यो मुद्धालाई समर्थन जनाउँदै ऐक्यवद्धता जनाएका थिए। नेविसंघका पूर्व अध्यक्ष केशव सिंह, नैनसिंह महर, कार्यवाहक सभापति उत्तम मिश्र, शंकरदेव क्याम्पसका नेविसंघ अध्यक्ष हरिश भण्डारी, स्ववियू सभापति शुभराम बस्नेतले ग्रामिण जनतालाई सूचनामा पहुँच पुर्‍याउनका लागि ग्रामिण दुरसञ्चार कोष प्रयोगमा ल्याउन दवाव दिनुपर्ने बताएका थिए। 
दुरसञ्चार प्राधिकरणले कार्यक्रम ल्याउन नसक्दा यो रकम खर्च हुन नसकि जम्मा मात्र भएर रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ