arrow

चन्द्रमामा उपकरण पठाउँदै नासा

logo
एजेन्सी
प्रकाशित २०७६ जेठ १८ शनिबार
NASA_moon.png

काठमाडौं । नासाले सन् १९७० को दशकपछि पहिलोपटक चन्द्रमामा उपकरणहरु पठाउने भएको छ । नासाले सन् २०२० र २०२१ का लागि यो योजना अघि सारेको हो । 

नासाले शुक्रवार उक्त अवधिसम्ममा चन्द्रमामा पृथ्वीबाट उपकरण पठाउने तयारी भइरहेको जानकारी दिएको हो । 

अमेरिकी अन्तरिक्ष अध्ययन संस्थाले त्यसका लागि तीन कम्पनीको छनोट गरेको छ । उक्त तीन कम्पनीले चन्द्रमामा पृथ्वीबाट सामग्री पठाउने छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ सम्ममा चन्द्रमामा मानिस पठाउने योजना अघि सारेका छन् । अहिले नासाले अघि सारेको योजनाअनुसार छनोटमा परेका तीन कम्पनीले फरक फरक आकारका ल्याण्डर्स निर्माण गर्नेछन् । 

उक्त ल्याण्डर्सले नासाले प्रदान गरेका २३ ओटासम्म साना साना प्याक गरिएका उपकरण चन्द्रमामा पुर्‍याउने छन् । यस किसिमका उपकरणले चन्द्रमाको विषयमा सूचना एकत्रित गर्नेछन्, जुन पछि अन्तरिक्षयात्रीका लागि आवश्यक हुनेछ । यसले अन्तरिक्षयात्रीलाई चन्द्रमामा आउनसक्ने हानिकारक किरणबाट पनि बचाउनेछ । 

नासाले उक्त तीन कम्पनीलाई उक्त ल्याण्डर्स निर्माणको लागि ७ करोड ७० लाख देखि ९ करोड ७० लाख डलरसम्मको रकम प्रदान गर्नेछ । नासाले अबको पाँच वर्षमा पहिलो महिलासहित अर्का एकजनालाई चन्द्रमामा पठाइने बताएको छ । 

यसले अन्तरिक्षको विकासमा महत्वपूर्ण योगदान दिने नासाको विश्वास छ । पछिल्लो केही वर्षमा चन्द्रमा मिसनमा चीन अगाडि देखिएको छ । उसले सन् २०१३ मा र गत जनवरीमा आफ्नो विमान चन्द्रमामा अवतरण गराएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ