arrow

अष्ट्रेलिया र अफगानिस्तानको खेलमा बनेका यी कीर्तिमानहरु

logo
प्रकाशित २०७६ जेठ १९ आइतबार
aus-afg.jpg

काठमाडौं । इंगल्याण्ड र वेल्सको संयुक्त आयोजनामा भइरहेको विश्वकप एक दिवसीय क्रिकेटको शनिबार रातिको खेलमा सबैभन्दा सफल टिम अष्ट्रेलियाले सबैभन्दा कमजोर मानिएको अफगानिस्तानलाई हरायो ।

 ब्रिस्टोलमा भएको खेल अष्ट्रेलियाले ७ विकेटले जित्यो । यो खेलमा विभिन्न कीर्तिमान बनेका छन् –
१, अष्ट्रेलियन खेलाडी डेभिड वार्नर पूर्व कप्तान स्टिभ स्मिथले एक वर्षको प्रतिवन्धपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेले । वार्नरले नटआउट ८९ र स्मिथले १८ रन बनाए ।

Smith finds his stride

२,  खेलमा ११ खेलाडीले करियरमा पहिलो विश्वकप खेले । यसमा अष्ट्रेलियाका उस्मान ख्वाजा, मार्कस स्टोइनिस, एडम जम्पा, एलेक्स क्यारी, नाथन कुल्टर नाइल रहे । त्यस्तै अफगानिस्तानबाट मोहम्मद शहजाद, मुजिब उर रहमान, रशिद खान, रहमत शाह, हजरतुल्लाह जजाई र हशमतुल्लाह शाहिदी रहेका छन् । 

Najibullah and Gulbadin

३, वार्नरले एक वर्षको प्रतिवन्धपछि बनाएको अर्धसतक उनको एक दिवसीय करियरको १८ औं अर्धसतक थियो । 

Warner back with a bang

४, अष्ट्रेलियाका विकेटकिपर एलेक्स क्यारीले पाँच जनालाई आउट गरे । जसमा चार वटा क्याच तथा एउटा स्टम्पिङ सामेल छ । यो पनि एउटा कीर्तिमान नै हो । यसअघि अष्ट्रेलियाकै एडम गिलक्रिष्ट र सर्फराज अहमदले एकै खेलमा ६–६ खेलाडीलाई आउट गरेका थिए । 

५, अफगानिस्तानलाई हराएपछि एक दिवसीयमा अष्ट्रेलियाले लगातार ९ जित दर्ता गरेको छ । यसअघि खेलेका आठै खेलमा अष्ट्रेलिया विजयी भएको थियो ।

Australia are buoyant



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ