arrow

दलालको हिम्मतः पिच भएको मूल सडक तीन पटक बिक्री !

logo
प्रकाशित २०७६ जेठ २२ बुधबार
pitch-road.jpg

काभ्रे । जग्गा दलाली गर्ने एक समूहले पिच भएको मूल सडक नै बिक्री गरिदिएको छ । साबिक धुलिखेल नगरपालिका–३ ९क० को कित्ता नम्बर ६५२ को ३ आना जग्गा धुलिखेल २८ किलोस्थित काठमाडौं विश्वविद्यालय जाने सडक तलको जग्गा देखाएर २२ लाखमा बेचिएको हो ।

मालपोतको रेकर्डमा रैकर निजी कायम रहेको उक्त जग्गा नापी कार्यालयले मोटर बाटो भएको प्रमाणित गरेको छ । 

जग्गा बिक्री गर्ने मीना भैल, धुनपा–७ बखुन्डोलका लोकेन्द्र तोलांगे र उनकी श्रीमती सोनुलाई पक्राउ गरिएको अनुसन्धान अधिकृतसमेत रहेका प्रहरी निरीक्षक दीपक रायले जानकारी दिए । उक्त जग्गा तीन पटक बिक्री भइसकेको छ । (कान्तिपुर दैनिकबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ