arrow

विज्ञान र धर्ममा के छ अन्तर ? बाध्यताको भूमरीमा आधुनिक विज्ञान

logo
प्रकाशित २०७६ जेठ २५ शनिबार
religion-science.jpg

काठमाडौं। धर्म के हो ? विज्ञान के हो ? हाम्रो समाज धर्ममा उल्लेख हुने किंवदन्तीहरुलाई पुष्टि गर्नको लागि विज्ञानको सहायता लिने गर्दछौं। विज्ञानले भनेको कुरा धर्मसँग बाझिएको हकसम्म हामी विज्ञानलाई नै महत्व दिने गर्दछौं। तर, के हो विज्ञान र के हो धर्म ? यसबारेमा भने अनेकानेक बहसहरु चल्ने गरेका छन्। मुस्किलले १५ सय वर्ष पुरानो समाजको विकासमा धर्मलाई विज्ञानभन्दा माथि राख्ने गरियो। वास्तावमा धर्म विश्वास र आस्थाको प्रतीक हो भने विज्ञान हर वस्तुको कारण हो। यो पृथ्वीमा रहेको थप सत्यतामा नै निर्भर हुने गर्दछ। 

विज्ञान र धर्ममा के छ अन्तर ?
संसारको हर धर्मले ईश्वरको कल्पना गर्दछ। धर्मले अनन्त ब्रह्माण्डलाई विश्वास गर्छ। अनन्त कालचक्र हो यो सबै ईश्वरले नै निर्मित गरेको विश्वास धर्मको छ। त्यो यस्तो  शक्ति हो जो यस ब्रह्माण्डको निर्माण समेत गर्न सक्दछ। ईश्वरले चाहेको खण्डमा एकपलमा यो ब्रह्माण्डको नष्ट समेत हुनसक्छ। हर वस्तूको निर्माण र हर घटना घट्नुको कारण परम शक्ति नै हो। यो यस्तो शक्ति हो जसको न त कोही आकार हुन्छ न त कसैले यसलाई सम्झन नै सक्दछन्। यस्ता परब्रह्म अनन्त छन्।

सत्यको खोज हो धर्म 
जब मनुष्य यस संसारमा आउँछ उसले यस संसारको मायालाई देख्न थाल्दछ, उसले जान्दछ कि यो संसार त हरपल मरिरहन्छ र फेरि जन्म लिइरहन्छ। त्यो पनि यही चक्रमा फसिरहेको हुन्छ। एक माया छ जो उसलाई हर पल मोहित गर्न सक्दछ। हामीहरुको ज्ञान नेत्रद्वारा त्यस मायालाई न त देख्न सकिन्छ। न त सम्झन नै सकिन्छ। यो मायाले उसलाई असत्यमा सत्यको भ्रम गराउने छ।

धर्मको स्थापना यही उद्देश्यद्वारा भएको हो। ईश्वर यस मायाको स्वामी हो जसले यस ईश्वरलाई सत्य सम्झन्छ। यस्ता व्यक्तिको एकमात्र धर्म रहन्छ त्यो हो यस पराशक्तिसँग साक्षात्कार गर्नु। धर्ममा विशेषगरी सनातन धर्ममा त ईश्वरको भित्री रुपलाई जान्नु नै परमसत्य मानिन्छ। यो एक मोक्ष हो, जुन त्यस्तो व्यक्तिले मात्रै सक्छ जो यस सत्यलाई सम्झिएर त्यसैको प्राप्तिको लागि निस्कन्छ। 

विज्ञान कुनै आधुनिक ज्ञान होइन
विज्ञान कुनै आधुनिक ज्ञान होइन, न कुनै आधुनिक विषय नै हो विज्ञान। यो त एक भौतिक विषय हो, जो भौतिकताको आधारमा सत्यको खोज गर्दछ। हाम्रो इन्द्रियहरुद्वारा हामीले जे देख्दछौं। जो महसुस हुन्छ उसको सत्यता र उसको काम गर्ने तरिकालाई जान्नु नै विज्ञान हो। यो हर वस्तूलाई गहराईमा तौलने र विचार गर्ने जस्तो हुन्छ। यसमा अध्यात्मको मात्रा एकदमै कम हुन्छ।

विज्ञानले हरेक त्यस्तो कुरालाई नकार्ने गरेको छ जुन विषय या त उसले बुझ्न सकेको छैन । या त यसको कुनै प्रमाण छैन। एक तर्फ धर्म ईश्वरलाई मान्दछ र उसको खोजीमा निस्किन्छ। विज्ञान ईश्वरको अस्तित्वलाई नकार्ने गर्दछ। विज्ञान हर वस्तू र क्रियाको पछिको कारण खोज्दछ। त्यसका अनुसार यो ब्रह्माण्ड ईश्वरको कल्पना मात्रबाट होइन यो एक कारणले पैदा भएको हो भन्दछ । यो ब्रह्माण्ड एक सानो भन्दा सानो बिन्दूबाट पैदा भएको हो भन्दछ जसलाई बिग ब्याङ्ग भनिन्छ। 

आधुनिक विज्ञानको बाध्यता 
आधुनिक विज्ञानभन्दा पहिले भारतमा ऋषि-मुनिहरुको विज्ञान थियो। उनीहरुको शोध कार्य वेद र पुराणमा आधारित हुने गरेको थियो। आज पनि कैंयौं कुराहरु एकदम सटीक रहेका छन्। प्राचीन विज्ञान ध्यानद्वारा इन्द्रियहरुलाई अघि बढाएर खोजी गरिने विज्ञान थियो। यसको लागि उसको नतिजे आजसम्म पनि काममा आएको छ। योगविसिष्ठ र कैयौं धार्मिक ग्रन्थहरुमा विज्ञानको कुरा समेत मानिएको छ। 

आधुनिक विज्ञान यही आकारमा रोकिने गरेको छ। आधुनिक विज्ञानको विश्वास केवल इन्द्रियहरुद्वारा सत्य खोज्ने जस्तोमामात्रै सीमित छ। हाम्रो दश इन्द्रियहरुले जे देख्छ। महसुस गर्ने र समझने विज्ञान नै सत्य हो। पुरानो विज्ञानले पनि जे विषय देख्न सकिने अवस्थामा छैन त्यसलाई नकार्ने गर्दथे। विज्ञान ध्यान र उसबाट माथि अहिलेसम्म पनि पुग्न सकेको छैन। ब्रह्माण्ड त्यो भन्दा पनि निकै टाढासम्म रहेको कुरा वेद र उपनिषद्हरुमा उल्लेख छ। 

निष्कर्ष
निष्कर्षमा भन्ने हो भने विज्ञान र धर्ममा के अन्तर छ भन्ने प्रश्नको लाखौं उत्तरहरु छन्। अन्य धर्मको भन्दा हामीहरुकै सनातन धर्मको ग्रन्थ वेदमा त्यस विज्ञानको वर्णन गरिएको छ। जो आजको आधुनिक वैज्ञानिकको साथमा छैन। यहाँ वेदको प्रशंसा गर्न खोजिएको होइन। यो एक यथार्थ हो। किनकी वेद समेत एउटा विज्ञान हो। जसमा उल्लेखित ज्ञानको कुरा हजारौं सालदेखि एकदम तर्क सहित चल्दै आएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ