arrow

खोलामा नुहाउन गएकी महिला ढुङ्गा लागेर घाइते, हेलिकप्टरबाट उद्दार

logo
कल्सरी सुनार,
प्रकाशित २०७६ जेठ २७ सोमबार
fishtail-air4.jpg

कोल्टी । बाजुराको बुढीनन्दा–४ कुरुमा आइतबार दिउँसो खोलामा नुहाउन गएका बेला ढुङ्गा लागेर घाइते भएकी एक महिलाको उद्दार गरिएको छ ।  उक्त नगरपालिकाको कुरु माईती घर भइ हाल बडीमालिका नगरपालिका–३ रजालीकी २४ वर्षीया सरिता रोकायालाई वडा अध्यक्ष राजन रोकायाको समन्वय र सुदुरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको पहलमा उद्दार गरिएको हो ।

माईती घर भेटघाटमा गएकी रोकाया गाउँ नजिकै नुहाउन गएका बेला भीरबाट ढुङ्गा लागेर घाईते भएपछि थप उपचारका लागि समिट एयरको हेलिकप्टरबाट नेपालगञ्जको कोहरपुर मेडिकलमा लगिएको वडाअध्यक्ष रोकायाले बताउनु जानकारी दिएका छन् ।

 सुदुरपश्चिम आन्तरिक मामिला तथा कानुन मन्त्रालयको र बुढीनन्दा नगररपालिकाको ५०-५० प्रतिशतको आर्थिक सहयोगमा घाइते महलिा रोकायाको थप उपचारका लागि पहल गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहका स्वकीय सचिव जङ्गबहादुर वि.क.ले बताए ।

उनले मन्त्री शाहको पहलमा घाईते भएकी महिलाको हवाई उद्दारकार्यक्रम मार्फत उद्दारगरिएको बताए । हाल सम्म जिल्लामा चार जनाको हवाई उद्दार कार्यक्रमबाट उद्दारगरि सकेको स्वकीय सचिव विकको भनाई रहेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ