arrow

फेरि रिसायो मौसम 

logo
प्रकाशित २०७६ जेठ २८ मंगलबार
weather2.jpg

काठमाडौं । मौसममा एकरुपता आउन सकेको छैन । छिनमा घाम लाग्ने र छिनमा बादलले ढाक्ने क्रम चलिरहँदा आइतबार र सोमबार अत्यधिक गर्मी खेपेका काठमाडौं उपत्यकावासीले मंगलबार बिहानैदेखि घामको मुहार देख्न पाएका छैनन् । 

सधैझैं मनसुन जुन १० तारिख (जेठ २७ गते सोमबार) बाट सुरु हुने भए पनि एकहप्ता ढिला गरी सुरु हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मंगलबार मधे गर्जनसहित वर्षा हुने जनाएको छ । 

महाशाखाले देशभरि नै आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य भूभागका केही स्थानहरुमा र पश्चिमी भूभागका धेरै स्थानहरुमा मेघगर्जसहित वर्षा हुने जनाएको छ । 

हावाहुरीसमेत लाग्न सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ । त्यस्तै रातिसमेत हावाहुरीसहित वर्षा हुने जनाइएको छ । 

महाशाखाले बुधबार र बिहीबार पनि हावाहुरीसहित वर्षा हुने जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ