arrow

बेलायत र दक्षिण कोरियाबीच व्यापार सम्झौता

logo
एएफपी,
प्रकाशित २०७६ जेठ २८ मंगलबार
UK-South-Korea-.jpg

लण्डन। यूरोपेली संघ (इयू) बाट हुने बहिर्गमन (ब्रेक्जिट) पछिको सम्बन्धका लागि बेलायतले दक्षिण कोरियासँग व्यापार सम्झौता गरेको छ। सोमबार सोलमा सम्पन्न प्रारम्भिक सम्झौता बेलायतका अन्तर्राष्ट्रिय व्यापार मन्त्री लियम फक्सले उनका दक्षिण कोरियाली समकक्षी यू म्यूङ–हीसँग गरेको बेलायती सरकारले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ।

ब्रेक्जिटपछिको व्यापार सम्बन्धका लागि एसियाली मुलुकसँग भएको यो बेलायतको पहिलो व्यापार सम्झौता हो। यसपछि बेलायतले चिली, आइसल्याण्ड, नर्वे र स्वीट्जरल्याण्डसँग पनि व्यापार सम्झौताको तयारी गरेको छ।

बेलायत सरकारद्वारा जारी बक्तव्यमा भनिएको छ, “संयुक्त अधिराज्य (बेलायत) र दक्षिण कोरियाले सैद्धान्तिकरूपमा खुला व्यापार सम्झौता गरेका छन्, जसले बेलायतको इयूबाट हुने बहिर्गमनपछि दुई देशबीचको व्यापारका लागि मार्ग प्रशस्त गरेको छ।” 

“अन्य विश्व व्यापार संगठनको नियमभन्दा भिन्न रहेको दक्षिण कोरियासँग भएको सम्झौताबाट बेलायतलाई महत्वपूर्ण विशेष बचत हुने र बेलायती रोजगारीका अवसरलाई सुरक्षित गर्नेछ।”

सम्झौताको अर्थ यो हो कि इयूबाट आगामी अक्टोबरमा बहिर्गमन भएपछि बेलायती व्यापार तथा व्यवसायले दक्षिण कोरियासँग उत्तम अवसरको लाभ लिनसक्ने छ भने दक्षिण कोरियाले पनि आफ्नो आवश्यकता अनुसार बेलायती पक्षसँग स्वतन्त्र व्यापारका लागि बाटो पाउने छ।

सन् २०१८ मा दुई मुलुकबीच १८ खर्ब ६० करोड अमेरिकी डलर बराबरको व्यापार भएको थियो। दक्षिण कोरिया र इयूबीच सन् २०११ मा स्वतन्त्र व्यापार सम्झौता भएपछि औषतमा हरेक बर्ष व्यापारमा १२ प्रतिशतले वृद्धि हुँदै आएको छ।

“सम्झौताको अर्थ के हो भने ब्रेक्जिटबारे जस्तो निर्णय भएपनि बहिर्गमनपछि बेलायत र दक्षिण कोरियाबीचको व्यापारले पूर्णतया निरन्तरता पाउनेछ र यो हाम्रो भविष्यको महत्वाकांक्षी स्वतन्त्र व्यापार सहमतिका रूपमा स्थापित हुनेछ,” फक्सले ट्वीटरमार्फत उल्लेख गरेका छन्।

बेलायत आगामी अक्टोबर ३१ मा इयूबाट बाहिरिने कार्यक्रम तय भएको छ जसका कारण बेलायती उत्पादनले इयू सदस्य राष्ट्रहरूसँगको प्रमुख बजारहरूलाई गुमाउने छ। यद्यपि केही मुलुकमा बेलायतले ब्रेक्जिटपछि पनि आफ्नो बजारलाई स्थापित गराइराख्न चाहेको छ। 

तर लण्डन र इयूको प्रशासनिक केन्द्र ब्रसेल्सबीच सम्झौता नभएमा विश्व व्यापार संगठनको नियम अनुसार इयूसँगको बेलायतको सम्बन्ध ‘तेस्रो मुलुकका’ रूपमा रहनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ