arrow

प्रधानमन्त्री ओलीले गोर्खा सैन्यबारे राजीनामा दिइसकेकी बेलायती प्रधानमन्त्री टेरिजा मेसंग गरे छलफल 

logo
प्रकाशित २०७६ जेठ २९ बुधबार
oli-may.jpeg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गोर्खा सैन्य भर्तीसम्बन्धी नेपाल, भारत र ब्रिटेनबीच भएको त्रिपक्षीय सन्धिको व्यापक पुनरावलोकन गर्नुपर्ने बताएका छन् ।

बेलायत भ्रमणका क्रममा ओलीले रुदै पदबाट राजीनामा दिएकी बेलायती प्रधानमन्त्री टेरिजा मेसँगको भेटघाटमा ओलीले पुनराबलोकनलाई जोड दिएकी हुन् । 

प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रीटमा भएको छोटो भेटवार्तामा ओलीले सन् १९४७ मा ब्रिटेन, भारत तथा नेपालबीच भएको त्रिपक्षीय सन्धियता परिस्थिति निकै बदलिइसकेकाले त्यसको पुनराबलोकन गर्नुपर्ने भनाइ राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिएका छन् । 


प्रधानमन्त्री ओलीले गोर्खा सैनिकहरू नेपाल र बेलायत बीचको सम्बन्धमा सबैभन्दा स्पष्टसँग देखिने कडी भएको बताउँदै भूतपूर्व गोर्खा सैनिकहरूका केही मागलाई सम्बोधन गरेकोमा ब्रिटिश सरकारलाई धन्यवाद दिँदै ब्रिटिश जनता र राजमुकुटप्रति गोर्खालीहरूको अद्वितीय सेवालाई ख्याल गर्दै उनीहरूका मागप्रति ध्यान दिन आग्रह पनि गरेका थिए ।

जवाफमा प्रधानमन्त्री मेले ब्रिटिश गोर्खा सैनिकहरूको ऐतिहासिक योगदानको प्रशंसा गर्दै यो विषयबारे आफ्ना उत्तराधिकारीलाई जानकारी गराउने बताइन्। मेले गत सातामात्रै सत्तारूढ कन्जर्भेटिभ पार्टीको नेता पदबाट राजीनामा दिएकी थिइन्। 

भूतपूर्व गोर्खा सैनिकहरूले निवृत्तिभरण आदि विषयमा आफूहरूलाई भेदभाव गरिएको बताउँदै आफ्ना मागहरू सम्बोधन नगरिए फेरि नयाँ चरणको आन्दोलन थाल्ने चेतावनी दिँदै आएका छन्। ब्रिटिश सरकारले भूतपूर्व गोर्खा सैनिकहरूप्रति भेदभाव भएको भन्ने आरोपलाई अस्वीकार गर्दै आएको छ।

उसले गत मार्च महिनामा भूतपूर्व गोर्खा सैनिकहरूको पेन्सन ३४ प्रतिशतसम्म बढाइने घोषणा गरेको थियो। भूतपूर्व गोर्खा सैनिकहरूले भने सन् १९९७ भन्दा अघि सेवानिवृत्त भएका ब्रिटिश सैनिकहरूको तुलनामा आफूहरूले पाउने पेन्सन अझै निकै कम रहेको बताएका छन्।

प्रधानमन्त्री ओलीले लन्डनस्थित नेपाली दूतावासमा भूतपूर्व गोर्खा सैनिकका विभिन्न संस्थाका अगुवाहरूलाई भेटेपछि उनीहरुले भेटघाटमा आफूहरूले गोर्खा सैनिकको विषयमा नेपाल सरकारले ब्रिटेनसँग उच्चस्तरीय वार्ता गर्नुपर्ने, त्यसो नभए गोर्खाहरू सशक्त सत्याग्रह आन्दोलन गर्न बाध्य हुने बताएका थिए । 

बेलायत भ्रमणका क्रममा प्रधानमन्त्री ओली तथा उनकी पत्नी राधिका शाक्यले ओलीले लन्डनस्थित नेपाली दूतावासनजिकै रहेको केन्सिङ्टन प्यालेसमा गएर राजकुमार ह्यारीलाई भेटेका थिए।

ह्यारीले झन्डै तीन वर्षअघि नेपालको भ्रमण गरी गोर्खा जिल्लामा भूकम्पबाट भत्किएको एउटा विद्यालय पुनर्निर्माण गर्न सघाएका थिए। (बीबीसीको सहयोगमा)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ