arrow

जब गुठी विधेयकलाई 'होली वाईन'सँग जोडियो, सभामुखले भने ''समय छोट्याउनूस्''

logo
प्रकाशित २०७६ जेठ २९ बुधबार
anilkumar-jha.jpg

काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठकमा गुठी विधेयकको बारेमा व्यापक विरोध भएको छ । प्रतिपक्षी दलहरु नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीले यस बारेमा व्यापक विरोध गरेका हुन् । यद्यपि सत्तापक्षीय सांसदहरुले भने मनमा छटपटी राखेरै पनि यसको विरोध गर्न सकिरहेका छैनन् । आफ्नो संस्कृतिमाथि विदेशीको प्रभावमा आक्रमण हुँदै गर्दा पनि सत्तापक्षीय सांसदहरु भने कसैले पनि यसको विषयमा बोल्ने हिम्मत गरेका छैनन् । यही क्रममा बुधबारको प्रतिनिधि सभाको बैंठकमा प्रतिपक्षले गुठी विधेयकको कडा विरोध गरेकोछ । 

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदले यस बारेमा संसद सुरु भएलगत्तै उठेर विरोध गरेपछि सभामुख कृष्णबहादुर महराले काँग्रेस सांसद प्रकाशमान सिंहलाई बोल्न समय दिएका थिए । सिंहले यो विधेयक सनातन धर्म संस्कृतिलाई नामेट पार्नको लागि सरकारले नियोजित रुपमा गरेको प्रयास भन्दै यसको विरोध गरे । उनी पछि अर्का प्रतिपक्षी दल राजपाको बोल्ने पालो आयो । त्यो समय न त शून्य समय थियो । न त कुनै समय तोकेर बोल्ने समय नै थियो । यसमा कुनै समय तोक्ने गरिँदैन । आफ्ना कुराहरु मज्जाले राख्न पाउने भएकोले पनि कुनैपनि असहमति राख्नको लागि दलको तर्फबाट एक जनाले संसदले यसमा सबैको प्रतिनित्व गरेर बोल्ने गर्दछन् । 

यही क्रममा सभामुख कृष्णबहादुर महराले राजपाका सांसद अनिलकुमार झालाई बोल्न समय दिए । झाले सुरुमा लोकसेवा आयोगको विज्ञापनको बारेमा असन्तुष्टि जनाए भने पछि गुठी विधेयकमा पितापुर्खादेखि चल्दै आएको संस्कृतिमाथि हस्तक्षेप हुने भन्दै यसको विरोध गरेका थिए । परापूर्वकालदेखिका सरकारहरुले आफ्नो धर्म र संस्कृतिलाई जोगाउनको लागि लाखौं लाख रोपनी जग्गाहरु गुठीको नाममा दिएको भन्दै अहिलेको सरकारले धर्म र संस्कृति सिध्याउनको लागि त्यस्ता जग्गाहरु समेत आफ्नो नाममा गर्न लागेको गुनासो गरे । 

त्यति भनेर उनले एकतिर होली वाईनलाई प्रचार गर्ने सरकारले त्यसैको साथसाथ सनातन धर्म र संस्कृतिको धज्जी उडाउने काम गरिरहेको भन्दै यसको विरोध गरेका थिए । झाले एकातिर होलीवाईनको प्रचार गर्ने सरकारले अर्काेतिर धर्म र संस्कृतिको धज्जी उडाईरहेको छ भन्ने वाक्य पूरा गर्न नभ्याउँदै सभामुख महराले उनलाई समय छोट्याउन सचेत गराए । 

यद्यपि झाले यो विधेयक ल्याउने सरकार कसको प्रचारमा लागेको छ ? यो देशलाई के बनाउन चाहँदैछ ? भन्ने कुरा सबैले बुझ्न थालिसकेको बताए । उनले कुनैपनि देशको संस्कृतिमाथिको प्रहार सानो कुरा नभएको समेत बताए । सभामुख कृष्णबहादुर महरा लगायत नेकपाका उच्च नेताहरु होलीवाईनको विरुद्ध बोलिएका कुनैपनि विषयहरु सुन्नै चाहँदैनन् । संसदमा उनैलाई सम्भोधन गरेर होलीवाईनको विरोध गरिएपछि झनै उनलाई छटपटी भएको देखिन्छ । 

धर्म संस्कृति सम्बन्धी कडा भन्दा कडा र विवादित कानून ल्याउने सरकारले क्रिश्चियन धर्मको प्रचारको लागि भने कहिले होलीवाईन पिलाउने कार्यक्रमको लागि ३ दिनसम्म सार्वजनिक विदा र सडक खाली गराउने काम गर्यो भने कहिले प्रधानमन्त्री नै क्रिश्चियन धर्म प्रचारक संस्थाबाट मानर्थ विद्यावारिधिको उपाधि लिएर त्रिभुवन विश्वविद्यालयले मान्यता नदिएको विश्वविद्यालयलाई समेत मान्यता दिलाउन बाध्य गराएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ