arrow

प्रहरी र लागुऔषध प्रयोगकर्ताबीच हातपात, प्रहरीले गोली हान्यो

logo
प्रकाशित २०७६ जेठ २९ बुधबार
pokhara_utam_chowk.jpg

पोखरा । पोखराको उत्तमचोकमा बुधबार गोली चलेको छ । गोबिन्द थापामाथी प्रहरीले गोली चलाएको हो । उत्तमचोकमा लागू औषध बोकेर हिडिरहेका 'जोन' भनेर चिनिने गोविन्द थापालाई प्रहरीले गोली चलाएको हो ।

 उनलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथी आइलागेका थापालाई गाली चलाएको प्रहरीले  बताएको छ । उनको बायाँ खुट्टामा गोली लागेको छ । घाइते थापालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । हतियार खोस्न खोज्दा नदिएपछि गोली चलाएको प्रहरीले जनाएको छ ।

प्रहरी निरिक्षक गणेश सुवेदीको कमाण्डमा गएको टोलीले उनलाई नियन्त्रणमा लिन खोजेको थियो । थापा कतारमा पनि लागुऔषध कारोबारी रहेको बताइन्छ । उनीमाथी यसअघि नै ज्यानमारा मुद्धामा परेका प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ