arrow

प्रनेशको पक्राउ शक्तिको उन्माद, अभिव्यक्ति स्वतन्त्रताको मजाक !

logo
प्रकाशित २०७६ जेठ २९ बुधबार
pranesh-free.jpg

काठमाडौं। नेपाल प्रहरीले चलचित्रको समिक्षा गर्ने प्रनिश गौतमलाई विद्युतिय कारोबार ऐन अन्तर्गत कारवाही चलाएको छ। विर बिक्रम -२ नामक चलचित्रको समिक्षा गरे पछि चलचित्रका निर्देशक एवं निर्माता मिलन चाम्लिङ राई उर्फ मिलन चाम्सले प्रहरीमा उजुरी गरेका थिए।

उनको उजुरी आधार गाली बेईज्जती ऐन रहेको अवस्थामा विद्युतिय कारोबार ऐन अन्तर्गत मुदद् चलाइएको छ। कुनै पनि दर्शकले आफ्नो समय र पैसा खर्च गरिसके पछि चलचित्रको स्वतन्त्रतापूर्वक समिक्षा गर्न पाउँछ । समिक्षा गरेको आधारमा कारवाही गराउनु शक्तिको दुरुपयोग हो ।

अरुको अभिव्यक्तिबाट अपमान भएको लागेमा अदालतमा मानहानिको मुद्दा हाल्न सकिन्छ तर प्रहरीले मानहानिको मुदद् नचलाई विद्युतिय कारोबार ऐन अन्तर्गत मुद्दा चलाउनु भविष्यका लागि डरलाग्दो देखिन्छ ।

चलचित्रको पक्षमा चलचित्रकर्मीहरु एक देखिन्छन् भने सामाजिक संजालमा अभिव्यक्तिको स्वतन्त्रताको हनन भएकोमा बिरोध जारी रहेको छ । युवाहरुले बुधबार प्रनिसको रिहाई माग गर्दै माईतीघर मण्डलमा प्रदर्शन गरेका छन्। उनीहरुले चलचित्रकर्मीको गुण्डागर्दी अन्त्य हुनु पर्ने आसयको ब्यानर पनि प्रदर्शन गरेका थिए।

स्ट्याण्ड अफ कमेडियन प्रनिसले मेम नेपाल नाम गरेको युट्युब च्यानलका लागि चलचित्रको समिक्षा गरेका थिए। समिक्षा गरेकै आधारमा निर्माता मिलन चाम्सले प्रहरीमा उजुरी गरेका थिए। उनको उजुरीका आधारमा प्रहरीले प्रनिशलाई पक्राउ गरेको थियो।

समिक्षाका आधारमै पक्राउ पर्नु भनेको नेपालको लोकतन्त्रप्रति खतरा शुरु भएको संकेेतका रुपमा पनि हेर्न थालिएको छ। चलचित्र सार्वजनिक भएपछि दर्शकले आफ्नो प्रतिकृया दिन पाउँछ र उक्त प्रतिक्रिया सकारात्मक वा नकारात्मक जे पनि हुन सक्छ ।

सबै किसिमको समिक्षाका लागि सर्जक तयार रहन पर्नेमा सर्जक नै सकारात्मक कुरा मात्र सुन्न चाहने प्रवृतीले चलचित्र क्षेत्रलाई कुनै फाईदा गर्दैन। बेलैमा चलचित्रकर्मीहरुले यो कुरा बुझे सबैलाई फाईदै गर्ला ।

प्रनेशले गरेको समिक्षामा कतै पनि साइबर अपराध ऐन लगाउन मिल्ने देखिंदैन उनले बोलेका कुराहरुलाई कसैले अपमान वा मानहानी भएको ठान्छ भने गालीबेईज्जती वा मानहानी अन्तर्गत उजुरी गर्न सक्छ । उक्त उजुरीको अन्तिम निर्णय अदालतले गर्ने छ ।

यसरि प्रहरीले के को आधारमा साईबर अपराध ऐन अन्तर्गत मुद्दा चलायो ? यो प्रस्नको उत्तर समयले दिने नै छ। आफ्नो शक्तिको प्रदर्शन गर्न प्रहरीलाई यस्तो मुद्दा चलाउन उक्साउनेको अनुहार पनि बिस्तारै खुल्दै जाला ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ