- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतको गुजरातमा चक्रपातको डरले पाँच सय गाउँ खाली गरिएको छ । अबर सागरबाट उठेको आँधी १८० किलोमिटरको रफ्तारमा आइरहने दावीसहित खतराबाट बच्न पाँच सय गाउँ खाली गरिएको हो ।
तीन लाख मानिसलाई सुरक्षित स्थलतर्फ सारिएको बताईएको छ । बिहीबार गुजरातको द्धारका र वेरावलको बीचको क्षेत्रमा चक्रपात ठोक्किन सक्ने अनुमान मौसम विभागको छ ।
विभागले ९ जिल्लाहरु कच्छ, जामनगर, जूनागढ, द्धारका, पोरबन्दर, राजकोट, अमरेली, भावनगर र सोमनाथका लागि हाइअलर्ट जारी गरेको छ ।
बुधबार रातिसम्म तीन लाख मानिसलाई सुरक्षित स्थानमा पुर्याइएको छ । त्यो क्रम जारी रहेको बताइएको छ ।
पोरबन्दर, दीव, भावनगर, केशोद र कान्डला एयरपोर्ट बिहीबार रातिसम्मै उडानका परिचालन बन्द रहने भएको छ ।
गृहमन्त्री अमित शाहका अनुसार अकेले दीपा १० हजार मानिसलार्य सुरक्षित स्थानमा लगिदैछ ।
राष्ट्रिय आपत् प्रवर्धनका ५२ वटा टिम तैनाथ गरिएको छ । पश्मि रेलवेले ४० ट्रेन रद्ध गरेको छ । २८ ट्रेनको यात्रादूरी कम गराइएको छ ।
तट रक्षक बलका ९ हेलिकोप्टर तैनाथ गरिएको छ । नौसेनाको ट्रान्सपोर्टर एयरक्राफ्ट पनि तैनाथ गरिएको छ ।
उक्त क्षेत्रका शैक्षिक संस्थाहरु शुक्रबारसम्म बन्द गरिएको छ ।