- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बलिउड अभिनेता नाना पाटेकर विरुद्ध प्रहरीले कुनै प्रमाण फेला नपारेको जनाएको छ । मिटू अभियान अन्तर्गत बलिउड अभिनेत्री तनुश्रीले लगाएको यौन शोषणको आरोपमा प्रहरीले कुनै पनि प्रमाण नभेटेको जनाएको हो ।
तुनश्रीले लगाएको आरोपमा मुम्बई प्रहरीले अनुसन्धान गरे पनि कुनै प्रमाण फेला नपरेपपछि अदालतमा बिहीबार ‘बी समरी’ रिपोर्ट दायर गरेको थियो ।
यो रिपोर्टको मतलब हो आरोपमा कुनै प्रमाण फेला परेन । यसबाट नानालाई क्लिनचिट मिलेको छ ।
यसबारे तनुश्री दत्ताले ‘भ्रष्ट पुलिस फोर्स, लिगल सिस्टमले त्यो भन्दा भ्रष्ट नाना पाटेकरलाई क्लिन चिट दिएको छ । जसमाथि पहिले पनि महिलाहरुले धम्की दिने र उत्पीडनको आरोप लगाइरहेका थिए ।’
तनुश्रीका वकील नितिन सातपुतेले अहिलेसम्म अदालतलाई यसबारे कुनै जानकारी नआएको र यदि क्लिनचिट दिन खोजिएको भए अदालतमा पनि चुनौती दिने बताएका छन् ।
ओशिवारा पुलिसका अनुसार पछिल्लो सात महिनामा तनुश्रीले एफआईआर दर्ता गरेपछि अहिलेसम्म कुनै पनि प्रमाण जुटाउन सकेकी छैनिन् । जसले बयान दिए त्यो उनको आरोपसंग मेल खाँदैनथियो ।
यसबीचमा १५ जनाको बयान प्रहरीले लिएको थियो । यसमा अभिनेत्री डेजी शाह पनि सामेल थिइन् ।
पुलिस सुत्रका अनुसार घटना १० वर्षअघिको भएकाले पनि यसको प्रमाण जुट्न सकेन ।